वालिङ नगरपालिका ५ जगतभङज्याङ स्थित भित्री कच्चि सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । हरिनाशबाट वालिङ तर्फ आउदै गरेको ग१ज ४७५६ नं.को जिपको पछाडीको ढालाको चेन फुस्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार ८ जना मध्ये हरिनाश गाँउपालिका ६ बस्ने बसन्ती थापा, विष्णु थापा र गिता गोतामे घाईते भएका छन् । उनीहरुको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात गण्डकी मेडिकल अस्पताल पोखरा रिफर गरिएको छ ।
चालक र जिपलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका बिषयमा थप अनुसन्धान भईरहेको छ ।