• यतीले पोखराबाट भैरहवा र भरतपुरमा उडान भर्ने

    July 23, 2019     2:31 pm

    पोखरा, साउन ६ ।यती एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ । यही साउन १६ गतेदेखि भैरहवा र भदौ १५ देखि भरतपुर उडान गर्न लागिएको कम्पनीले जनाएको छ ।भदौ २९ देखि माउण्टेन फ्लाईट गर्ने तयारी पनि भैरहेको एयरलाईन्सका सिनियर प्रबन्धक भीमराज राईले जानकारी दिए । पर्यटक लक्षित गर्दै सिजन लागेपछि माउण्टेन फ्लाईट हुने उनको भनाई छ ।३० सिटर स्टिम जहाजबाट उडान भर्न लागिएको हो ।

    पोखरा–भैरहवा र पोखरा–भरतपुरका उडान समय औसत २० देखि २५ मिनेटको हुने छ ।हाल पोखराबाट काठमाडौं, मुस्ताङको जोमसोम, भरतपुर, भैरहवा उडान हुदैँ आएको छ । यसअघि बुद्ध एयरले पोखराबाट भैरहवा र भरतपुरमा दैनिक एक उडान थालेको हो ।बुद्धले १९ सिट क्षमताको सानो जहाजबाट उडान भर्दै आएको छ । यतीले त्यो भन्दा ठूलो जहाज यि रुटमा उडाउन लागेको राईले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।