• ढुवानी व्यवसायीको हड्ताल फिर्ता, आजैदेखि देशभर ढुवानी सुरू

    July 23, 2019     2:00 pm

    काठमाडौं, साउन ७ | ढुवानी व्यवसायीले सात दिनपछि हड्तालका कार्यक्रम फिर्ता लिएका छन्। आन्दाेलन फिर्ता भएसँगै देशभर ढुवानी सेवा सुरु भएकाे छ।साउन १ देखि सरकारले जारी गरेको नयाँ नियमविरुद्ध व्यवसायीले हड्ताल आह्वान गरेका थिए। व्यवसायीको हड्तालले देशभरको ढुवानी सेवा ठप्प भएको थियो। जसले अत्यावस्यक समाग्रिको समेत अभाव हुन थालेको थियो।व्यवसायीले मूल्य अभिबृद्धि कर (भ्याट) तथा भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली (भिसिटीएस)को विरोधमा ढुवानी सेवा ठप्प पारेका थिए। गए राति भएको छलफलमा सरकारले समस्या समाधान गर्नका लागि पहल गर्ने र माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको संयोजकत्वमा व्यवसायीसहितको बैठकमा सहमति जुटेपछि हड्ताल फिर्ता लिएको उनीहरूले बताएका छन्।आइतबार अर्थमन्त्री डा. युवराज खतिवाडको नेतृत्वमा पनि नेपाल उद्योग वाणिज्य महासंघसहितको छलफलमा एक साताभित्र समस्या समाधान गर्ने सहमति भएको थियो।बैठकले ढुवानी व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न भौतिक मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा कार्यदल समेत बनाउने निर्णय गरेको छ।त्यस्तै, राजस्व अनुसन्धान विभागले पनि व्यवासायीको मागमा लचिलो बन्ने संकेत दिएको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।