• गरुण पुराण अनुसार भ्रष्टचारीको घरमा भोजन गर्नु हुँदैन

    July 23, 2019     12:33 am

    हाम्रो पौराणिक शास्त्रहरुमा जीवन र जगतको बारेमा धेरै अमूल्य कुरा छन् । त्यस्तै उपयोगी शास्त्र हो, गरुड पुराण । गरुण पुराण त्यस १८ पुराणमा एक हो, जसको रचना वेद व्यासले गरेका थिए । यसमा २ सय ७९ अध्याय र १८ हजार श्लोक छ ।गरुड पुराणमा मानव जातिको मार्ग दर्शनकालागि केही उपयोगी कुरा लेखिएको छ । गरुड पुराणमा केही यस्तो कुरा पनि बताइएको छ, जसको घरमा भोजन गर्नु ठिक हुँदैन । अर्थात त्यस्ता व्यक्तिले पकाएको वा त्यस्ता व्यक्तिको भान्सामा पाकेको खानेकुरा नखान उल्लेख गरेको छ । भनिन्छ नि, मानिसले जस्तो भोजन गर्छ, उसको मनमा पनि त्यही भाव पैदा हुन्छ । किनभने हाम्रो स्थलु शरीर हामीले खाने भोजनबाटै निर्मित हो । हामीले विभिन्न खानेकुरा सेवन गर्छौं, त्यसमा रहेको पोषक तत्वले शरीरलाई जीवित राख्छ । शरीरको कोशिकाहरु निर्माणदेखि भित्री अंगको कार्य संचालनमा समेत भोजनको भूमिका हुन्छ । यसर्थ भोजन, शरीर र मन आपसमा एकाकार हुन्छन् । त्यसैले जस्तो भोजन गरिन्छ, हामी पनि त्यस्तै हुन्छौ । जब हामी नकारात्मक व्यक्तिले, नकारात्मक भावमा पकाएको खानेकुरा खान्छौं, त्यसले शरीरमा पोषणभन्दा बढी विकार पैदा गर्छ ।गरुड पुराणमा भनिएको छ, खराब आचरण भएको, खराब ढंगका, क्रोधित, लोभी व्यक्तिले पकाएको वा उसको भान्सामा पाकेको खानेकुरा सेवन गर्नु हुँदैन । किनभने हामी सधै आफ्नो हातले पकाएको मात्र खाना सेवन गर्दैनौ । छिमेकको, आफन्तकहाँ, रेष्टुरेन्टमा जता पनि खाना खान सक्छौ । हुन त आफैले पकाएको खाना खानु राम्रो मानिन्छ । आफ्नो हातले खाना पकाईरहँदा शान्त चित्तले, खुसी मनले, ध्यानपूर्वक पकाउनुपर्छ । यसरी पकाएको खानेकुरा सेवन गर्दा शरीरलाई फाइदा गर्छ भनिन्छ । तर, अहिलेको व्यस्त जीवनशैलीमा हामीलाई आफ्नै हातले पकाएको खाना खाने फुर्सद छैन । अनुकुलता छैन । यद्यपी अरुको घरमा वा अरुको हातले बनाएको खानेकुरा सेवन गर्दा पनि केही कुरामा ध्यान दिनुपर्ने बताइएको छ ।

    भ्रष्टचारीको घरमा पाकेको खाना अहिले धेरैजसो पैसा आर्जन गर्ने चक्करमा छन् । थोरै काम गरेर, थोरै समयमा धेरै पैसा कमाउने चक्करमा मान्छेहरु फसेका छन् । यसकारण उनीमा पैसाप्रति आशक्ति बढेर गएको छ । यस्ता व्यक्तिहरु मौका पाउनसाथ भ्रष्टचार गर्न पछि पर्दैनन् । भ्रष्टचार गर्नु भनेको अक्षम्य अपराध गर्नु हो । भ्रष्टचारी वा भ्रष्ट मतिको कारण सर्वसाधरणको खुसी लुटिएको हुन्छ । सुख खोसिएको हुन्छ । यस्ता भ्रष्ट मति भएका व्यक्तिको घरमा पाकेको वा उनले दिएको खानेकुरा सेवन गर्नु हुँदैन । जो आपराधिक मनोवृत्तिका व्यक्ति छन्, जो चोरी, भष्ट्रचार उनीहरुको भान्सामा पाकेको पाकेको खानेकुरा आफैमा दुषित हुन्छ । चाहे त्यो जतिसुकै मिठो किन नहोस्, दुनियाँलाई रुवाएर जुटाइएको त्यो परिकारले हाम्रो शरीरलाई लाभ गर्दैन । त्यसैले भ्रष्ट मति भएका वा भ्रष्ट व्यक्तिको घरमा पाकेको खानेकुरा सेवन गर्नु हितकार हुँदैन । चरित्रहीन महिला जो महिलाको चरित्र ठिक छैन, जो धोका दिने, छल-कपट गर्ने प्रवृत्तिको छ, उनीहरुले पकाएको खानेकुरा सेवन गर्नु हुँदैन । चरित्रहीन महिलाले पकाएको खानेकुरा आफैमा शुद्ध हुँदैन । उनीहरु जति विकारयुक्त हुन्छ, खानामा पनि त्यसको असर पर्छ । त्यसैले चरित्रहीन महिलाले पकाएको खानेकुरा कहिल्यै सेवन गर्नु हुँदैन ।

    क्रोधित व्यक्तिले पकाएको मान्छे विभिन्न स्वभावका हुन्छन् । विभिन्न प्रवृत्तिका हुन्छन् । कोही मान्छे शान्त, खुसी, नरम, विनम्र स्वभावका हुन्छन् । कोही क्रोधित, आक्रमक, रिसाह स्वभावका हुन्छन् । आक्रमक एवं क्रोधित मान्छेले पकाएको खानेकुरा खानु ठिक हुँदैन । उनीहरुको नियत खराब हुन्छ । त्यसैले उनीहरुले बनाएको खानामाथि शंका गर्नुपर्ने हुन्छ ।दृष्ट व्यक्ति अरुलाई दुःख दिने, अरुको पीडामा रमाउने र अरुको कुभलो चिताउने व्यक्तिले पकाएको वा उसको घरमा पाकेको खानेकुरा खानै हुन्न । यस्ता व्यक्ति खराब नियतका हुन्छन् । उनीहरुले तपाईंलाई हार्दिकतापूर्वक खान ख्वाउँदैनन् । कुनै कालो नियत राखेर ख्वाउँछन् । त्यसरी खराब नियत राखेर बनाएको वा दिएको खानेकुरा खानु स्वास्थ्यका लागि ठिक हुँदैन । कुरा काट्ने व्यक्ति कतिपय व्यक्ति अरुको कुरा काट्नमा माहिर हुन्छन् । उनहिरुको यो प्रवृत्ति नै हो । अरुको कुरा काटेर उनीहरु मज्जा लिन्छन् । अरुको कुरा काट्नु भनेको अरुको नकारात्मक, कमजोर पक्ष केलाउनु हो । यस्ता व्यक्तिहरु सधै अरुलाई होच्याएर हेरिरहेका हुन्छन् । यसरी अरुको कुरा काट्ने व्यक्तिहरुले पकाएर कुनै खानेकुरा दिन्छ भने त्यो खानेकुरा खान हुँदैन ।

    दरिद्र व्यक्तिको गरिब हुनु, निर्धन हुनु, कंगाल हुनु आफ्नो मात्र दोष नहुन सक्छ । यद्यपी यस्ता व्यक्तिको खाना खाइदिनु हुँदैन । महषिर् वेद व्यासले के भनेका छन् भने, जो व्यक्ति आफैमा खराब दिनहरुबाट गुजि्ररहेका छन्, जो अभावको पीडामा छन्, उनीहरुको घरमा गएर खाइदिनु हुँदैन । जब उनीहरुको घरमा खाइन्छ, उनीहरुको व्यायभार बढ्छ । उनीहरुलाई खानेकुराको वन्दोवस्ती मिलाउन गाह्रो हुन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।