• ‘बिहेका लागि केटा नै पाएकी छैनँ’ -कट्रिना कैफ

    July 23, 2019     12:05 am

    बलिउड नायिका कट्रिना कैफले आफ्नो ३६ औँ जन्मदिन धुमधामसँग मनाइन् । उमेरको हिसाब गर्ने हो भने उनको बिबाह गर्ने समय बितिसकेको छ । तर, पनि उनले बिबाहको कुनै पनि तयारी गरेकी छैनन् । उनी अहिले आफू कसैको प्रेममा पनि नरहेको बताउँदै आएकी छिन् ।

    यस्तैमा कट्रिनालाई पत्रकारले बिबाहको विषयमा प्रश्न गरेका छन् । ‘तपाईको समकालीन दीपिका पादुकोण, सोनम कपुर, अनुष्का शर्मा र प्रियंका चोपडाले बिबाह गरिसक्नु भयो । अब तपाईको पनि पालो आएन र ?’ यो प्रश्नको जवाफमा कट्रिनाले भनिन्–‘हो सबैले बिबाह गरिसक्नु भएको छ । तर, मेरो लागि त जोडी नै भेटिएको छैन । कोसँग बिबाह गर्ने ?’
    कट्रिना आफूलाई पनि बिबाह गर्न मन लागेको बताउँछिन् । यदि आफूलाई माया गर्ने श्रीमान् पाएको खण्डमा चलचित्र क्षेत्र नै छोड्न पनि तयार रहेको उनको भनाई छ । उनले अगाडि भनिन्–‘यदि कसैले मलाई वास्तविक प्रेम गर्छ भने म उसको लागि बलिउड छोड्न तयार छु । हरेक महिलालाई जस्तै मलाई पनि आमा बन्ने रहर छ । म घरमा नै बसेर बच्चा हुर्काउने छु ।’ करिअरको सुरुवाती दिनमा कट्रिनाको नाम नायक सलमान खानसँग जोडिएको थियो । तर, उनीहरुले यो कुरालाई स्विकार गरेका थिएनन् । पछि कट्रिना र नायक रणवीर कपुर प्रेममा थिए । आपसी असमझदारीका कारण उनीहरु अलग भैसकेका छन् । अहिले पुन कट्रिनाको नाम सलमानसँग जोड्न थालिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।