• बाराको हुलास स्टिल इण्डस्ट्रिजमा आगलागी

    March 16, 2019     3:12 pm

    पोखरेली न्युज २ चैत्र / सिमरास्थित हुलास स्टील इण्डस्ट्रिजको गोदाममा आगलागी भएको छ । शनिबार दिउँसो १२ः १५ मा कम्पनीको कवाडी जम्मा गर्ने गोदाममा आगलागी भएको हो ।

    गोदाममा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र कम्पनीका कामदारहरुको सहयोगमा जीतपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको वारुणयन्त्रद्वारा नियन्त्रणमा आएको छ । नियन्त्रण गर्ने ३० मिनेट लागेको थियो ।
    आगालागी गोदाममा रहेको ग्यासबाट फलाम टुक्राउने क्रममा निस्केको झिल्कोल भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमालले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।