• कामना सेवा विकास बैंकको शाखा कास्कीको पुरुन्चौरमा

    July 22, 2019     10:46 pm

    कामना सेवा विकास बैंकले कास्कीको पुरुन्चौर बाट आफ्नो सेवा सुरु गरेको छ । काठमाडौँ सहित पोखरा, बुटवल र नारायणगढ लगाएतका शहरहरुमा आफ्नो ब्यवशायिक पकड कायम राख्दै आएको राष्ट्रिय स्तरको बैंकले पुरुन्चौरमा ९७ औँ शाखा स्थापना गरी कारोबार सुचारु गरेको हो ।

    ९७ औँ शाखाको रुपमा स्थापना गरिएको उक्त बैंकको उद्ध्घाटन सोमबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । शाखाको उद्घाटन गर्दै मन्त्री लम्सालले अर्थतन्त्रलाई क्रियाशील बनाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपुर्ण रहेको चर्चा गर्नुभयो । साधन तथा स्रोतको परिचालन गर्न, लगानीलाई प्रोत्साहित गर्न, निक्षेप संकलन तथा परिचालन र राष्ट्रको सन्तुलित विकासका लागि बैंकिङ क्षेत्रहरु सधै क्रियाशिल रहिरहनुपर्नेमा जोड दिनुभयो । निजि क्षेत्र लाई अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा मान्न सकिने बताउदै उहाँले बैंक नाफामूखि भन्दा सेवामुखी बढी हुनुपर्नेमा जोड दिनुभयो । बैंकिङ क्षेत्रहरुले राष्ट्रको लागि पूँजी निर्माण गर्नुको साथै उत्पादित क्षेत्रहरुमा लगानी गर्दै रोजगारी पनि श्रृजना गर्न सक्नुपर्छ, अनि मात्र यो क्षेत्र देशको महत्वपूर्ण खम्बाको रुपमा आफै साबित हुन्छ,मन्त्री लम्सालले भन्नुभयो ।

    उक्त बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने बैंकका सञ्चालक देव कृष्ण काफ्लेले बताउनुभयो । शाखा विस्तार सँगै बैंकले सेवा सुविधाहरु प्नि थप्दै जाने उहाँको भनाई थियो । कारोबार शुभारम्भको उपलक्ष्यमा बैंकले ७ लाख सम्मको दुर्घटना बिमा, १ लाख सम्मको औषोधीउपचार सेवा देखि बचत खाता,एटिएम, बैंकिङ करोबार लगाएतको सेवा निशुल्क प्रदान गर्ने जनाएको छ । कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको र शुभारम्भकै दिन १०० भन्दा बढी ग्राहकले निक्षेप खाता खोलेको बैंकले जानकारी दिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।