• पोखरामा भ्यागुतोको विहे

    July 22, 2019     10:36 pm

    कविराज खनाल । ६ साउन । मानिसको विहे हुनु तपाई हामि सबैका लागि स्वभाविक हो । यसमा अचम्म मान्नुपर्ने कुनै कुरा छैन, तर भ्यागुताको पनि विहे गरियो भन्ने कुरा सुन्दा तपाईलाई अचम्म लाग्ला । हो यस्तै अचम्मको विहे भएको छ पोखरामा । भ्यागुतोको विहे, त्यो पनि धुमधामका साथ, २ सय भन्दा वढि जन्ती, भोज भतेर सहित टिकाटालो, जगिया सहित पण्डितले हवन गरे, महिलाहरु रत्योली खेले अनि पुरुषहरु जन्ती गए अनि सम्पन्न भयो भ्यागुतोको विहे ।

    आखिर किन गरियो त भ्यागुतोको विहे ? साउन को पहिलो साता वितिसक्दा पनि पर्याप्त पानी नपरेर धान रोप्न नपाएपछि वर्षाका देवता ईन्द्रदेवलाई खुशी पार्न भनेर पोखरा महानगरपालिका वडा नंं ३२ मालेपाटनका कृषकहरुले भ्यागुतोको विहे गराईदिएका हुन । ईन्द्रदेवता खुशी भए भने पानी पर्छ भन्ने जनविश्वास रहीआएको छ । यहि विश्वासका कारण उनिहरुले १ जोडि भ्यागुता खोजेर धुमधामका साथ विहे गराईदिए । बिहेका लागि बेहुला भ्यागुतो र बेहुली भ्यागुतोलाई फरक गाउँबाट जोडी बनाइयो । त्यस्तै बेहुली भ्यागुतोलाई स्थानीयले दाइजो समेत दिए त्यसपछि दुवै भ्यागुतालाई नजिकैको कुलोमा छाडीदिए अनि बिहे सम्पन्न भयो । कृषकहरुले रोपाइँका लागि तयार गरिएको बीउ छिप्पिइसकेको अवस्थामा पनि पानी पर्छ कि भन्ने आशामा भ्यागुतोको विहे गराएर इन्द्रको आराधना गर्दै हरहर महादेव पानी देऊ देऊ ऐतीले त पुगेन अझ थपीदेऊ भन्दै पानी मागेका हुन् ।

    जब पानीको सुक्खा लागेर खडेरी पर्न थाल्छ , तब ठाउँ अनुसारका मानिसहरु पानी पार्न अनौठो जुक्तिहरु लगाउने गरेको पाइन्छ । हाम्रो देशमा नै हेर्ने हो भने तराई क्षेत्रका मानिसहरु पानी पर्छ भन्ने विश्वासले सोमवार इन्द्रदेवको पुजा गर्ने गर्दछन् । त्यस्तै कतिपय ठाउँमा महिलाको दौरा सुरुवाल लगाएर हलो जोत्ने गरिन्छ भने कतै भ्यागुताको बिहे गरिदिए पानी पर्छ भन्ने उद्देश्यले विहे गरिदिन्छन् । यो प्रचलन नेपालमा मात्र नभई छिमेकी देश भारतमा पनि रहेको छ । मालेपाटनका प्रगतीशील आमा समुहको सकृयता र मालेपाटन कृषि समुहका अध्यक्ष नारायण वाग्लेको संयोजनमा जोडी भ्यागुतोको विहे गरी इन्द भगवान् संग पानी मागिएको सावित्री पण्डितले वताइन ।लामो समय पानी नपरेमा भ्यागुतोको विहे गरी इन्द्रको वैदिक विधिद्वारा पूजा गर्ने र पानी माग्ने प्रचलन रहेको स्थानीयवासी पंण्डित ईश्वरराज ढकाल वताउछन् । खडेरीले यस क्षेत्रका झण्डै ६ सय रोपनी क्षेत्रफलको धान फल्ने खेत अहिलेसम्म पनि बाँझै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिनिने पोखरा र आसपासका क्षेत्रमा पर्याप्त पानी अभावमा रोपाइँ नहुँदा खेत बाँझै हुनु यतिखेर चासो र चिन्ताको विषय बनेको छ । उर्वर मानिने र उखुको खेती गरी मालेपाटन क्षेत्रलाई खुदोको क्षेत्रको रुपमा चिनिने ठाउँमा धान एवम् अन्य कृषिजन्य उत्पादन राम्रो हुने गरेको कृषक बताउँछन् ।

    गण्डकी प्रदेशमा १ लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको सरकारी तथ्याड्ढ छ । जहाँ कि पोखरा क्षेत्रलाई नेपालकै वढी पानी पर्ने ठाउँ अर्थात नेपालको चेरापुन्जीको नामले चिनिन्छ । तैपनि मालेपाटनमा भने अहिले पर्याप्त पानी नहुदा कृषकहरु चिन्तित छन् भने उता नेपालका केही भुभागमा भीषण पानीका कारण बाढीपहिरो र डुवानका कारण देशका विभिन्न भूभागमा ठूलो संख्यामा जनधनको क्षति हुँदा यस क्षेत्रमा भने पानी माग्दै भ्यागुतोको विहे सहित इन्द्रको पूजा गरिएको हो । मालेपाटन, ढोडवेसी, देउराली फेदी आसपासका फाँटमा पानीकै अभावमा धान रोप्न नपाएपछि स्थानीयले भ्यागुतोको बिहे गरी इन्द्रको पूजा गरेका हुन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।