• कामना सेवा विकास बैंकको शाखा कास्कीको पुरुन्चौरमा

    July 22, 2019     8:16 pm

    पोखरा,६ साउन । कामना सेवा विकास बैंकले कास्कीको पुरुन्चौर बाट आफ्नो सेवा सुरु गरेको छ । काठमाडौँ सहित पोखरा, बुटवल र नारायणगढ लगाएतका शहरहरुमा आफ्नो ब्यवशायिक पकड कायम राख्दै आएको राष्ट्रिय स्तरको बैंकले पुरुन्चौरमा ९७ औँ शाखा स्थापना गरी कारोबार सुचारु गरेको हो ।९७ औँ शाखाको रुपमा स्थापना गरिएको उक्त बैंकको उद्ध्घाटन सोमबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । शाखाको उद्घाटन गर्दै मन्त्री लम्सालले अर्थतन्त्रलाई क्रियाशील बनाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपुर्ण रहेको चर्चा गर्नुभयो । साधन तथा स्रोतको परिचालन गर्न, लगानीलाई प्रोत्साहित गर्न, निक्षेप संकलन तथा परिचालन र राष्ट्रको सन्तुलित विकासका लागि बैंकिङ क्षेत्रहरु सधै क्रियाशिल रहिरहनुपर्नेमा जोड दिनुभयो ।निजि क्षेत्र लाई अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा मान्न सकिने बताउदै उहाँले बैंक नाफामूखि भन्दा सेवामुखी बढी हुनुपर्नेमा जोड दिनुभयो ।

    बैंकिङ क्षेत्रहरुले राष्ट्रको लागि पूँजी निर्माण गर्नुको साथै उत्पादित क्षेत्रहरुमा लगानी गर्दै रोजगारी पनि श्रृजना गर्न सक्नुपर्छ, अनि मात्र यो क्षेत्र देशको महत्वपूर्ण खम्बाको रुपमा आफै साबित हुन्छ,मन्त्री लम्सालले भन्नुभयो ।उक्त बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने बैंकका सञ्चालक देव कृष्ण काफ्लेले बताउनुभयो । शाखा विस्तार सँगै बैंकले सेवा सुविधाहरु प्नि थप्दै जाने उहाँको भनाई थियो ।

    कारोबार शुभारम्भको उपलक्ष्यमा बैंकले ७ लाख सम्मको दुर्घटना बिमा, १ लाख सम्मको औषोधीउपचार सेवा देखि बचत खाता,एटिएम, बैंकिङ करोबार लगाएतको सेवा निशुल्क प्रदान गर्ने जनाएको छ । कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको र शुभारम्भकै दिन १०० भन्दा बढी ग्राहकले निक्षेप खाता खोलेको बैंकले जानकारी दिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।