• प्रहरीसंग एक दिन कार्यक्रम सम्पन्न

    July 22, 2019     8:09 pm

    पोखरा,६ साउन । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीसंग एक दिन कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका २५ हेम्जा स्थित हेम्जा बोर्डिङ स्कूलका कक्षा ८ मा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई प्रहरी सेवा प्रवाहको प्रणाली, प्रहरी सेवाको किसिम र समुदाय प्रहरी साझेदारी लगायतका अवधारणाका विषयमा प्रष्ट पारिएको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्की का प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बालबालिकाहरुलाई प्रहरी कार्यलयमा नै ल्याई अन्तर्क्रिया गर्दा समाजमा कुनै पनि घटना भएमा तुरुन्तै प्रहरी कार्यलयमा खबर गर्न सक्ने हुनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।


    उक्त कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुको अवलोकन गराउनुका साथै उक्त शाखाहरुबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी गराईएको थियो ।
    भोलिको समाजलाई दिशानिर्देश गर्ने आजका विद्यार्थी वर्गलाई उनिहरुको सामाजिक उत्तरदायित्व प्रति समेत जानकार बनाउने उद्देश्यले उपस्थित विद्यार्थीहरुसंग समाजमा शान्ति सुरक्षा कायम राख्न अन्य निकायको समन्वयकारी भूमिका विषयमा समेत चर्चा गरिएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।