• दयाशङ्कर पत्रकारिता सम्मान बास्तोलालाई

    July 22, 2019     6:06 pm

    पोखरा,६ साउन । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान २०७५ बाट पत्रकार रवीन्द्र बास्तोलालाई सम्मान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा पालिखे परिवारद्धारा स्थापित सो पत्रकारिता सम्मानको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला छ । यसअघि रु ३३ हजार ३३३ पुरस्कार राशी रहेकोमा यसवर्षबाट बृद्धि गरिएको छ ।

    पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष बास्तोलालाई विगत २३ वर्षदेखी पत्रकारितामा क्रियाशिल रही समाज रुपान्तरणमा योगदान पु¥याएबापत आजको बैठकले सो सम्मान प्रदान गर्ने निर्णय गरेको महासङ्घका सचिव रामप्रसाद तिमिल्सिनाले बताउनुभयो।वि.सं २०५४ मा आदर्शसमाज दैनिकबाट पत्रकारितामा प्रवेश गर्नुभएका उहाँ हाल हिमदुत दैनिकको सम्पादक रहनुभएको छ । अग्रज पत्रकार नारायण कार्की संयोजक तथा पुण्य पौडेल, कोमलनाथ बराल र महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव तिमिल्सेना सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई कार्य समितिले अनुमोदन गरी पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासङ्घले जनाएको छ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही साउन २१ गते सम्मान समारोह आयोजना गरी बास्तोलालाई सम्मान गरिने महासङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।