• जापानको रोजगारी सुनिश्चित, भाषा र सीप परीक्षाको मिति तय

    July 22, 2019     2:02 pm

    काठमाडौँ, साउन ६। लामो कसरतपछि अन्ततः जापानको रोजगारी सुनिश्चित भएको छ । जापान जाने नेपाली कामदारका लागि आउँदो कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ ।जापान सरकारसँग भएको सम्झौता अुनसारपहिलो चरणमा ‘कियर गिभर’ का लागि लैजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।भाषा परीक्षामा उत्तीर्ण भएकाहरूका लागि कात्तिक २१ र २२ मा सीप परिक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ । भाषा र सीपपरीक्षाको मिति तय भएपनि आवेदनको प्रक्रिया, लागत तथा अन्य संयन्त्रको विषयमा भने छलफल भइरहेको छ ।

    मन्त्रालयका अनुसार जापान सरकारसँग यस विषयमा छलफल भइरहेकोले केही दिनमा सबै कुरा टुङ्गिने जनाइएको छ । यसको लागि नेपाल सरकारको तर्फबाट सहसचिवको नेतृत्वमा समिति बताएको छ । सरकारले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको थियो ।सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशीओगवाले हस्ताक्षर गरेका थिए । सोही सम्झौताअनुसार विभिन्न १४ क्षेत्रमा कामदार लौजाने भए पनि पहिलो चरणमा एउटा क्षेत्रमा मात्रै कामदार लौजान जापान तयार भएको हो ।जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकै पटक कामदार लौजानेबताएको थियो । तर अहिलेसम्म नेपालसहित ५ देशसँग मात्रै सम्झौता गरेको जापानले पहिलो चरणमा सम्झौता भएका मध्ये तीन देशका कामदार मात्रै लैजाने भएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।