पोखरा । लायन्स अन्तर्राष्ट्रियको नया लायन वर्ष शुरु भए संगै लायन्स क्लबका गतिविधीहरु शुरु भएका छन् । लायन वर्ष २०१९।२० का लागि लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालको जोन ८७ र ८८ को डिस्ट्रिक गर्भनर प्रि एडभाइजरी कमिटी मिटिङ्ग सम्पन्न भएको छ । जोन ८७ का जोन चियरपर्सन साल्वी बास्तोला मरासिनी तथा जोन ८८ का जोन चियरपर्सन सुदिप पौडेलको अध्यक्षतामा भएको पोखराका ७ वटा क्लबको सहभागिता रहेको थियो । प्रमुख अतिथी लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका क्याविनेट सेक्रेटरी विनोद ढुंगानाले यो वर्ष लायन्सले सामाजिक सेवाका लागि तय गरेको लक्ष्य हासिल गर्न सबै क्लब र क्लबका सदस्यहरु समर्पित हुन आग्रह गरे । पढौं अभियानका प्रमुख चण्डीप्रसाद अर्यालले दुरदराजमा शिक्षाको उज्यालो फैलाउन हातेमालो गर्दै राम्रा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । जोन ८८ का जोन चियरपर्सन सुदिप पौडेलले क्लबलाई यो वर्ष रचनात्मक काम गर्न सुझाव दिए । कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका पिआरओ इन चिफ रामचन्द्र पोखरेल, जिएलटी कोअर्डिनेटर किशोर बराल, जिएमटी कोअर्डिनेटर दुर्गा हुमागाई, क्लस्टर चिफ मदनकुमार मुल्मी, रिजन चियरपर्सन कल्पना श्रेष्ठ लगायतले बोलेको थिए । क्लबका अध्यक्षले भावी कार्यक्रमका बारे जानकारी दिएका थिए । दुइ जोन अन्र्तगत लायन्स क्लब अफ पोखरा टुरिजम सिटी, लायन्स क्लब अफ पोखरा तालबाराही, लायन्स क्लब अफ पोखरा स्कुल चौतारी, लायन्स क्लब अफ पोखरा समृद्धि, लायन्स क्लब अफ पोखरा आँगन, लायन्स क्लब अफ पोखरा पिस टाउन र लायन्स क्लब अफ पोखरा केभ सिटी रहेका छन् ।