• गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत एमबीबीएस का विद्यार्थी फेवातालमा मृत भेटिए

    March 16, 2019     2:25 pm

    पोखरेली न्युज २ चैत्र /

    गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत भेटिएका छन् । बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् ।

    वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाहले प्रारम्भिक अनुसन्धानमा शिशिरले आफ्नो साथीलाई पठाएको म्यासेज अनुसार शिशिर आफै हामफालेको तथ्य भेटिएको बताए । ‘साथीलाई यहाँ खोज्न आउनु भनेर म्यासेज पठाएको तथ्य फेला पार्यौं ।’ उनले भने – ‘बाहिरी कपडा सबै खोलेर तालमा पसेछ । मोटरसाइकल माथि नै थियो, हेलमेट तल थियो ।’

    डिप्रेशनको औषधि समेत प्रयोग गर्ने गरेको थाहा भएको प्रहरीले जनाएको छ । शनिबार विहान सवा ९ बजेतिर खबर प्राप्त गरेपछि तत्काल पुगेको प्रहरी, सशस्त्रले तालबाट शिशिरको शव निकालेको डिएसपी शाहले जनाए । प्याराग्लाइडिंग ल्याण्ड हुने स्थान खपौदी क्षेत्रमा उनी भेटिएका हुन् ।

    शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । गत फागुन १९ गते मात्रै कास्कीको अन्नपुर्ण गाँउपालिका २, ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीले यसैगरी फेवातालमा ज्यान फालेकी थिईन् ।स्रोत डि एन ए

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।