• छवि र शिल्पा विवादमा नयाँ ट्विस्टः जेठी पत्नी हेमाले ३० वर्षपछि हालिन बहुविवाहको मुद्धा

    July 21, 2019     10:31 pm

    छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी छन् । दुई सन्तान (राजिव र महेश) की आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । अधिवक्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत पुगेकी थिइन् । छवि र शिल्पाको डिभोर्सको चर्चा चलिरहँदा हेमाले बहुविवाहको उजुरी दिएपछि घटनाले नयाँ मोड लिएको छ । दोस्री श्रीमती गीताञ्जली सुनार र तेस्री श्रीमती रेखा थापा विरुद्ध कहिल्यै नआएकी हेमा ओझा चौथी श्रीमती शिल्पा पोखरेल विरुद्ध चाहिँ किन आईन् ? गीताञ्जली पट्टीबाट छोरा समेत छ । रेखा थापासँग पनि १२ वर्ष बिहे गरेर बस्दा नदेखेकी हेमा ओझालाई कसले प्रयोग गरे ? त्यसमाथि हेमाको छवि ओझासँग बिहेको ८ वर्षपछि नै डिभोर्स भईसकेको समाचारहरु सार्वजनिक भईरहेका छन् । डिभोर्स नभएको भए यो मुद्धा लागेमा छवि र शिल्पा दुवै जेल पर्नेछन् ।
    छविराज ओझाको वैवाहिक पृष्ठभूमि :पूर्वपत्नी रेखा थापाबाट पाएको नाम ‘बा’ बाट परिचित निर्माता छविराज ओझाकी जेठीे श्रीमती हेमा ओझा हुन् । ३५ वर्षअघि हेमासँग विवाह गरेका छविले उनीसँग त्यसको आठ वर्षपछि सम्बन्धविच्छेद गरेका थिए । हेमाबाट छविका दुई छोरा छन् । हेमासँगको सम्बन्धविच्छेदपछि नै अभिनेत्रीहरूसँग विवाह शृंखला सुरु भएको हो । आफ्नो चलचित्र नातामा काम गर्ने त्रममा छविको गीताञ्जली सुनुवारसँग छविको प्रेम–विवाह भएको थियो, तर डिप्रेसनका कारण केही समय पछिनै गीताञ्जलीले आत्महत्या गरिन् । छवि र गीताञ्जलीका एक छोरा साकार छन् । गीताञ्जलीपछि छविको तेस्रो विवाह अभिनेत्री रेखा थापासँग भयो । छविकै चलचित्र हिरोबाट ब्रेक पाएकी १६ वर्षीया रेखा झन्डै १२ वर्ष उनीसँग रहिन् । रेखाले २०७३ सालमा छविसँग कानुनी रूपमा सम्बन्धविच्छेद गरिन् । छविराजसँग विवाह गर्नुअघि शिल्पाले विकास बस्याल क्षेत्रीसँग प्रेमविवाह गरेकी थिइन् । विकाससँगको उनको विवाह चार वर्षजति चलेको बताइन्छ । थुप्रै म्युजिक भिडियोको मोडलिङमा सक्रिय शिल्पालाई छविले नै चलचित्र लज्जाबाट चलचित्रको अभिनयमा प्रवेश गराएका थिए । शिल्पाले छविको चलचित्र किस्मत–२, हवल्दार सुन्तली तथा मंगलम्मा अभिनय गरिसकेकी छिन् ।

    जाहेरी यस्तो छः जाहेरीमा यस्तो लेखिएको छ– ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिप्रश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’ अगाडि लेखिएको छ ‘तर, पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारी मार्फत निज शिल्पा र मेरा श्रीमानले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।