• विभुतिको तेस्रो वार्षिक उत्सव

    July 21, 2019     9:26 pm

    पोखरा । पोखरा १७ डयामसाइडमा रहेको विभुति हेल्थ केयर प्रा.लिको तेस्रो वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि संस्थापक सदस्य राजन मानन्धरले कार्यक्रमको उद्धघाटन गरेका थिए । कार्यक्रममा बोल्दै मानन्धरले विभुति हेल्थ केयर प्रालिले उपचार सेवा संग संगै सामाजिक सेवामा योगदान पु¥याएकोमा प्रशंसा गरे । साथै उनले आगामी दिनहरुमा थप प्रभावकारी उपचार सेवा दिन संस्था संग जोडिएका सबैलाई जिम्मेवार भएर आफ्नो डियुटी गर्न आग्रह गरे । सो कार्यक्रममा पोखरा न्यूरोड स्थिीत एड्भान्स पोलिक्लििनिकलाई विभुति सिटी क्लििनिकको रुपमा अगाडी बढाई सेवा विस्तार गर्न लागेको विभुति हेल्थ केयर प्रालिका मुटुरोग विशेषज्ञ नारायण गौतमले बताए ।
    नाफाको केहि रकम सामाजिक कार्यमा लगाउने तथा आगामी दिनहरुमा स्तरीय उपचार सेवा विस्तार गर्दे लैजाने संस्थाका प्रतिनिधि कृष्ण पाण्डे सुनाए । कार्यक्रममा एनआरएल,मंगलम फार्मेसी,विभुति हेल्थ केयरका सदस्य तथा कर्मचारी साथै एकमाया हिराचन,डा.ऋषि राम ढकाल,डा.नारायण सिं गुरुङ,डा.विश्वराज बस्ताकोटी,डा.रविराज तिमिल्सिना,डा.अन्जना गुरुङ,उषा गौतम,विन्दु श्रेष्ठ,उर्मिला केसी,कविता शाही लगायतको सहभागिता रहेको थियो ।
    फरेष्ट ग्यालरी रिसोर्ट दोविल्लामा सम्पन्न भएको सो कार्यक्रममा राम वेदी पुन, डा.नारायण गौतम,शेयर सदस्यको तर्फबाट किशोर खनाल लगायतले शुभकामना मनत्व्य राखेका थिए ।
    कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी म्यानेजर आस्था शाही गौतमले र कार्यक्रम संचालन छितिन डोल्माले गरेकी थिईन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।