• अमेरिकामा गैरकानुनी बस्नेलाई अमेरिकी अध्यागमनको कारबाही सुरू, नेपाली समुदायमा पनि त्रास

    July 21, 2019     3:11 pm

    अमेरिकी अध्यागमन विभाग (आइस) ले गत आइतबारदेखि अमेरिकाका ९ वटा सहरमा गैर कानुनी रूपमा बसोबास गरिरहेका र राष्ट्रिय सुरक्षाका हिसाबले संवेदनशील मानिएका आप्रवासीहरूलाई देश निकालाका लागि कारबाहीको प्रक्रिया सुरू गरेको छ। न्यु योर्क, एटलान्टा, बाल्टिमोर, सिकागो, डेनभर, ह्युस्टन, लस एन्जलस, मायामी र सान फ्रान्सिस्कोमा आइतबार, बिहानदेखि सुरू हुने भनिएको आइसको छापाका खबरहरूले नेपाली समुदायसँगै अमेरिकाको सिङ्गो आप्रवासी समुदाय त्रसित छ।

    यसैबीच आप्रवासीहरूको हक हितमा कार्यरत नेपाली संस्था अधिकारले आइतबारदेखिफेरि आप्रवासीमाथि नयाँ आतङ्क आउन लागेको उल्लेख गर्दै गैरकानुनी बसोबास गर्ने नेपालीहरूलाई ‘नडराउन र नआत्तिन’ आग्रह गरेको छ। पहिलो चरणमा अदालतबाट देश निकालाको आदेश पाएर पनि अमेरिका नछोडेका आप्रवासीहरूलाई प्रकाउ गर्ने अमेरिकी अध्यागमन विभाग (आइस)ले जनाएको छ। जसअनुसार आइतबारमात्र अमेरिकाका ९ सहरबाट करिब २ हजार कागजविहीन आप्रवासीलाई प्रकाउ गरिन अनुमान गरिएको छ।

    अमेरिकी अध्यागमन विभागका प्रवक्ता म्याथियु बोर्केले आपराधिक पृष्ठभूमि भएका र अदालतबाट मुलुक छोड्ने आदेश पाएकाहरूलाई लक्षित गरिएको बताए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।