• अमेरिकाको डालसमा नेपाली बालबालिकाका लागि आध्यात्मिक शिविर जारी

    July 21, 2019     2:44 pm

    नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र ( एनसीएससी ) र नेपाली समाज टेक्सस को संयुक्त आयोजनामा सोमबार, देखि नेपाली बालबालिकाका लागी आध्यात्मिक शिविर सुरु भएको छ।
    ९ दिन सम्म सञ्चालन हुने उक्त शिविरमा १ सय पचास बालबालिका सहभागि छन्।

    बालबालिकाका लागि अध्यात्म, नेपाली संस्कार, संस्कृति, सभ्यता, मूल्य मान्यताका साथै सनातन धर्म र पूर्वीय दर्शनका बारेमा जानकारी गराउने एवं नेपालसँग परिचित गराउने उद्देश्यले आयोजित आध्यात्मिक तथा सॉंस्कृतिक शिविरमा उत्साहजनक सहभागिता रहेको आयोजकहरूले बताएका छन्।

    शिविर सञ्चालनका लागी आयोजकहरूले नेपाल बाट नै हिन्दु धर्म तथा आध्यात्मकाबारेमा गहिरो अध्यन भएका र नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा बालबालिकाहरूलाई प्रशिक्षण दिन सक्ने क्षमता भएका गुरु डाक्टर चिन्तामणि योगीलाई ल्याइएको छ। डालसमा विगत १० वर्ष देखि आध्यात्मिक शिविर सञ्चालन गर्दै आएका डाक्टर योगी विश्वका विभिन्न मुलुकहरूमा आध्यात्मिक शिविर, प्रवचन तथा प्रशिक्षण दिने गरेका छन्।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।