• मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठ अमेरिका जाँदै

    July 21, 2019     2:22 pm

    मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठ अमेरिका जाने भएकी छिन् । जुलाई २९ मा सान फ्रान्सिस्कोमा हुने कार्यक्रमका लागि उनी अमेरिका जान लागेकी हुन् । उनि अमेरिकाका केहि शहरमा पुग्ने भएकी छिन्। उनि स्टेट अफ वासिङ्गटनको सियाटल शहरमा सेभेन समिट फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा सहभागी हुनेछिन। कार्यक्रमसँगै सोहि क्षेत्रका महावाणिज्य दुत एसी शेर्पाले आयोजना गर्ने पहिलो बिजनेश कन्फरेन्समा समेत सहभागी हुनेछिन।

    सान फ्रान्सिस्क शहरमा लायन्स क्लब अफ सान्ता रोजा काष्ठमण्डपको आयोजनामा हुने कार्यक्रममा उनी सहभागी हुनेछिन । मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठको सपोर्टको लागि कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष नारायण सोमनामले जानकारी दिए। जुलाई २९, सोमबार यति रेष्टुरेन्ट १९० फार्मर्स एलएन, सान्ता राेजा, सिए ९५४०५ मा सांझ ६:०० बजे देखि हुने कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाइ हार्दिक निमन्त्रणा गरिएको छ। सहयोग स्वरूप प्रति व्यक्ति $१०० र कप्पलको $१५० मा डिनर र पेयको समेत ब्यबस्था गरिएको कुरा आयोजकले जनाएकाे छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।