• अमेरिकामा बेरोजगार भत्ता दाबी गर्ने बढ्यो

    July 21, 2019     2:10 pm

    साउन ४ वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जानकारी दिएको छ । जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरुको संख्या २ लाख १६ हजार पुगेको छ । यो अघिल्लो साताकोभन्दा ८ हजारले बढी हो । अघिल्लो साताको तथ्यांकमा संशोधन गरी बेरोजगार भत्तामा दाबी गर्नेहरुको संख्या २ लाख ८ हजार देखाइएको थियो ।

    श्रम विभागको तथ्यांकले बेरोजगारको दाबी गर्नेहरुको संख्या बढी हुनुले रोजगारीबाट बिमुख हुनेको संख्यामा कमी नआएको देखाउँछ । अमेरिकामा केही वर्षदेखि बेरोजगारको संख्या ३ लाखभन्दा कम देखिएको छ ।

    तर अमेरिकी श्रम बजारमा गत जुन महीनामा २ लाख २४ हजार रोजगारी थप भएको पनि विभागले बताएको छ । अमेरिकी तथ्यांक ब्यूरोले अमेरिकी बेरोजगारी दर ३ दशमलव ७ प्रतिशतको हाराहारी मात्र रहेको बताएको छ । रासस÷सिन्ह्वा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।