• लोकसेवाको प्रश्नपत्र च्यात्न खोज्ने ४ जना पक्राउ

    July 20, 2019     7:43 pm

    पोखरा ४ साउन । स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यात्ने प्रयास गरेका छन् । प्रश्नपत्र च्यात्न खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको छ । लोकसेवा आयोगले शनिबार बिहान ८ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सुरू गरेको छ । अन्य प्रदेशका केन्द्रहरूमा पनि निर्वाध रूपमा परीक्षा भएकाे छ । यसक्रममा शनिबार बिहान खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ताहरु प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यात्न खोजेका थिए । प्रश्नपत्र च्यात्ने प्रयास गरेकाे आरोपमा आफ्ना ४ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए । पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबी मगर समेत छन् । त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको अध्यक्ष राईले बताए । तर, लोक सेवा आयोग स्रोतले प्रश्नपत्र नच्यातिएको स्पष्टीकरण दिएको छ ।

    प्रश्नपत्र च्यात्न प्रवेश गरेकाहरू पहिले नै समातिएको उसको भनाइ छ । खाेटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वामदेव गाैतमले प्रवेश परीक्षा विना जवरजस्ती हलमा प्रवेश गर्न खाेजेपछि उनीहरुलाई नियन्त्रणमा लिएकाे जानकारी दिए । उनीहरुलाई प्रहरीले पहिला नै नियन्त्रणमा लिएकाले प्रश्न पत्र नच्यातिएकाे डीएपी गाैतमले बताए । आन्दोलनकारीलाई गिरफ्तार गरेपछि कडा सुरक्षा व्यवस्थाबा वीच परीक्षा सुचारु गरिएको स्रोतले बतायो ।ओली सरकारका कारण बाढीले धेरै क्षति गर्यो – देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले कूटनीतिक पहल नगर्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको बताउनु भएको छ । प्रेस युनियन इटहरी नगरसमितिले आज बिहान इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसकेको आरोप लगाउनुभयो ।

    तराईका डुबान तथा बाढीले प्रभावित जिल्लाको निरीक्षणमा निस्किएका उहाँले बाढी पीडितको उद्धार तथा राहतमा सरकारले ध्यान नदिएको समेत जिकिर गर्नुभयो तराईका डुबानग्रस्त क्षेत्र अवलोकनका क्रममा पीडिहरुको विचल्ली भएको पाएको बताउँदै देउवाले राहतका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता गनुृभयो । उहाँले पीडितहरुको राहत र पुनस्र्थापनामा प्रतिपक्षी दलको हैसियतमा सहयोग गर्ने घोषणा गर्नुभयो । देउवाका अनुसार कांग्रेस संसदीय दलको निर्णयअनुसार संघीय सांसदहरुले पाँच दिनको र प्रदेश सांसदहरुले १० दिनको तलब दिने निर्णय गर्नुभएकोछ । हिजो सिरहा र सप्तरीका बाढी पीडितहरुको अवस्था बुझ्न त्यहाँ आउनु भएका देउवाले आज बिहान सुनसरीका बाढी तथा डुबानग्रस्त क्षेत्र अवलोकन गर्नु भएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।