• पाेखराकाे लागि खुसीकाे खवर: दशैंमा पाेखरामै केवलकार चढ्न पाइने

    July 20, 2019     3:42 pm

    पोखरा, २ साउन / पोखराको सेदीमा निर्माण भइरहेको अन्नपुर्ण केवलकारको निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भएको छ । दशैं अगावै केवलकार संचालनमा ल्याउने गरी ८० प्रतिशत भन्दा बढी निर्माण सम्पन्न भएको संचालक निर्देशक मध्यका एक तिर्थराज त्रिपाठीले बताए । केवलकारमा प्रयोग हुने डोरी, गण्डला, सहितका मेसिनरी सामानहरु पोखरामा आइसकेको तथा जेनेरेटर आउन बाँकी रहेको उनले जानकारी दिए । उक्त सामानको जडान कार्य बाँकी रहेको छ । माथिल्लो (टप ) स्टेसनमा छानो हालि सकिएको छ भने तल्लो (बटम) स्टेसनमा छानो हाल्ने क्रम सुरु भएको छ ।
    १८ वटा टावर रहने केवलकारको १७ वटा बनिसकेको छ । चौथो टावरको रुपमा रहेको बाँकी एउटा टावरको हाल निर्माण हुदैछ । स्टेसनमा टायल, मार्वल इन्टरनेट, कार्यालय व्यवस्थापन, पार्किङ लगायतका काम भइरहेका त्रिपाठीले जनाए ।


    जापानका प्राविधिक टोलीले भदौमा केवलकारको सुपरभिजन गर्नेछ । केवलकार असोज भित्र संचालनमा ल्याउने गरी निर्माण कार्य तिव्र पारिएको छ । सराङ्गकोट तर्फको स्टेसनको भवनमै माथिल्लो तलामा स्तरिय रेष्टुरेण्ट संचालन गर्ने तयारी रहेको छ । केवलकार सम्पन्न हुने बेला सम्म एक अर्ब ३० करोड लगानी हुने भएको निर्देशक त्रिपाठीले जनाए । नेपाल राष्ट्रिय बाणिज्य बैंक, सनराइज बैंक र बंगलादेश बैंकले उक्त परियोजनामा बैंकीङ पार्टनर रहेको छ ।


    केवलकार निर्माण भएपछि यसले पोखराको पर्यटनलाई थप टेवा प्रदान गर्ने छ । पोखराका लागि यो नया प्रोडक्ट हुनेछ । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा विकसित भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि हुने त्रिपाठीले बताए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारको क्षमता करिब ३६ वटा भन्दा बढी डिब्बाको भए पनि १८ वटा डिब्बा (गोन्डोला) रहने छन । प्रति डिब्बा ८ जनाको सिट क्षमताको रहने छ । १७ वटा डिब्बा यात्रुको लागि प्रयोग हुने छ । एउटा डिब्बा भने सामान ओसाारपसारका लागि छुट्याइएको छ । माथिल्लो स्टेशन भवन सहित स्काई हेवन वेलुन रेष्टुरेन्ट, भ्यु टावर निमार्ण हुदै छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निमार्ण हुने भएको छ । स्टेशन निर्माण गर्ने बिषयमा पहिला स्टिल फेब्रिकेशन मोडल निमार्ण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसिसि (कंक्रिट) मोडलमा निमार्ण गरेकोले लागत बढ्न गएको उनले बताए ।

    केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ । केवलकारले प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्नेछ । केबलकारबाट फेवातालको किनार सेदीबगरदेखि सराङ्गकोट ९ मिनेटमै पुग्न सकिने छ । अहिले त्यस क्षेत्रबाट सराङकोट पुग्न गाडीमा करिब ४५ मिनेट लाग्छ । सराङकोट र सेदीबगरमा स्टेसन राख्नका लागि प्रालिले जग्गा खरिद गरिसकेको छ भने बन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना गराई सकेको प्रालिले जनाएको छ । कम्पनीले लुम्लेमा विभिन्न व्यक्तिहरुसंगबाट जग्गा किनेर सट्टा भर्ना दिएको छ । साथै कम्पनीले बार्षिक उक्त जग्गाको राजश्व समेत तिर्नु पर्ने हुन्छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृत दिएको छ । त्यसै गरी कम्पनीले तल्लो स्टेशनमा १४ र माथिल्लो स्टेशन क्षेत्रमा करिब १२ रोपनी जग्गा लिएको छ । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन् । व्यवसायी कालु गुरुङ सहित नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।