• नेपालकाे बाटाे सुहाँउदाे फाेर्सका माेटर

    March 15, 2019     8:05 pm

    निरन केसी
    निर्देशक
    हिमालय अर्गनाइजेशन

    फोर्स सोरुम नयाँ ठाउँमा आउन पर्ने कारण के हो ?
    पहिले पोखराको बुद्धचोकमा रहेको सोरुम अलि साँघुरो भयो । त्यसैले नै नयाँ ठाउँमा विस्तार गर्न परेको हो । ग्राहक बर्गले सजिलो तरिकाले गाडी हेर्न पाउने वातावरण नभएकोले परिमार्जित गरेर आफ्नै भवनमा सोरुम विस्तार गरेका हौं । अब यो सोरुममा ग्राहकहरुले पनि सहज महसुस गर्न सक्नेछन् । यहाँ ग्राहकले गाडीको बारेमा बिस्तृत रुपमा जानकारी हासिल गर्न सक्नेछन् । कस्तो ठाउँमा चलाउने, कसरी चलाउने, यसको सर्भिसिङ्ग पिरियडहरु कस्तो छ ? सबै विषयको जानकारी ग्राहकलाई हामी प्रदान गर्नेछौं । हाम्रो इन्जिनियरको टोली तथा परामर्शदाताको टोलीहरुले नै ग्राहकलाई गाडीको विषयमा सम्पुर्ण जानकारी दिनेछन् । पोखरामा पार्किङ्गको अभाव पनि दिनप्रतिदिन झल्नुपरेको अवस्थामा पर्याप्त पार्किङ्ग सहितको सोरुम हामीले बनाएका छौं ।

    सोरुमको लक्षित क्षेत्र कहाँ कहाँ हो ?
    हामीले समग्र नेपालभरकै लागि नै काम गर्छौ । तर विशेषगरि पोखराबाट हेर्ने क्षेत्र भनेको बाग्लुङ्ग, बेनी, कुश्मा, स्याङ्गजा, पर्वत, लमजुङ्ग, तनहुँ, गोरखा, मुस्ताङ्ग आदि जिल्लाहरुमा नै हो ।


    कुन कुन ब्राण्डका गाडीहरु उपलब्ध छन् ?
    फोर्स मोटर्स कम्पनीका पिकअप भ्यान, एम्बुलेन्स, डेलीभरी भ्यान, स्कुल बस, लक्जरी बस, १४ सिटे फोर ह्विल जिपहरु निर्यात गरि विक्री वितरण गर्दै आइरहेका छौं ।


    यो क्षेत्रमा कस्तो खालको गाडीको माग बढि छ ?
    सबै गाडीको माग उत्तिकै छ । तर पनि क्षेत्र र भेग हेरेर गाडीको माग हुने गर्दछ । ग्रामिण भेगमा चल्ने गाडीहरुको माग बढि छ । फोर्सका गाडीहरु विशेष गरि अफरोडमा पनि राम्रो माइलेज र पिकअप हुने गर्दछ । जिप, बस तथा कार्गो किङ्गको माग यो क्षेत्रमा अल्लि बढि छ । हार्डवयर, पोल्ट्री हुनेहरुले कार्गो किङ्ग मनपराउनु हुन्छ । जिपमा सिट क्षमता धेरै हुने कारणले गर्दा पनि जिपको माग बढि छ । मुल्य पनि यसको तुलनात्मक रुपमा कम नै छ ।

    यो बेला ग्राहकका लागि खास योजना छ कि ?
    अहिले नेपाल भर सर्भिस क्याम्प चलाएका छौं । भारतबाट अनुभबी प्राविधिकको टोली आएर यो क्याम्प चलिरहेको छ । फागुन १, २ र ३ मा पोखरामा पनि यो क्याम्प चलेको छ । अहिले सोरुमको सुभारम्भको अवसरमा स्पेयर पार्टसहरुमा केही छुट दिने योजना पनि बनाएका छौं । गाडी खरिदमा पनि हामीले केही सहुलियत प्रदान गरेका छौं ।

    कति कति मुल्यका गाडीहरु छन् ?
    अहिले हामीसंग फोर्स मोर्टसका १८ लाख ५० हजार देखि ६५ लाख मुल्य सम्मका गाडीहरु उपलब्ध छन् । पिकअपको फरक छ , जिपको फरक छ । यस्तै बसको मुल्य पनि फरक छ । हामीसंग लक्जरी बसहरु पनि छन् । तुलनात्मक रुपमा हामीले बिक्री गर्ने बसहरु अन्य भन्दा आरामदायी पनि छन साथै सस्तो पनि छ ।

    पाटपुर्जाहरु कत्तिको सस्तो तथा सुलभ छ ?
    गाडी बेच्नु मात्रै ठुलो कुरा होइन । गाडी बेचिसकेपछि त्यसलाई चाहिने सेवा पनि उपलब्ध गराउनु पर्छ । फोर्स गाडीको पार्टपुर्जा सहजै अनि सुपथ मुल्यमा नै पाउन सकिन्छ । हामीले दक्ष इन्जिनियर तथा मेकानिक्सहरु राखेर आफ्नै सर्भिस ग्यारेज पनि चलाइरहेका छौं । यहाँका स्थानिय ग्यारेजलाई पनि भारतबाट प्राविधिक झिकाएर तालिमहरु प्रदान गरिरहेका छौं । बिक्री पछि चाहिने सम्पुर्ण सामाग्रहरु हामीसंग उपलब्ध हुन्छ । यसको मुल्य पनि खास महङ्गो हुदैन । हामीले बेच्ने व्यवसायिक गाडीहरु हो । विलासिताका गाडीहरुको जस्तो यसको पाटपुर्जा महङ्गो छैन ।


    ग्राहक सेवालाई कत्तिको ध्यान दिनुहुन्छ ?
    हामीले ग्राहकको सेवाकै लागि पोखराको नयाबजारमा सर्भिसिङ सेन्टर राखेका छौं । विशेष गरि हामीले गाडी जहाँ विग्रिएको छ त्यही मेकानिक पठाएर पनि सेवा प्रदान गर्ने गरेका छौं ।m


    अहिले बैंकले दिने गरेको अटोलोनमा परिमार्जन गरेको छ । यसले कस्तो असर गरेको छ ?
    गाडी किन्ने सोँच बनाएका सबैको हातमा पुरा क्यास हुँदैन । बैंकमा गाडी धितो राखेर ऋण लिएर नै गाडी किन्ने धेरै हुन्छन् । त्यसैले स्वभाविक रुपमा यसले अटो व्यवसायमा असर त परिहाल्छ नै । तर सरकारले लिएको नीतिमा म अलि त्रुटी देख्छु । विलासिताका गाडी खरिदको हकमा केही हद सम्म ठिकै होला । तर व्यवसाय गर्छु । कमाइ गर्छु भन्नेहरुलाई पनि एउटै बास्केटमा राखेर यसरी बैंकिङ्ग नीति परिवर्तनले हामी व्यवसाय गर्ने लाई भन्दा पनि नेपालमै बसेर केही गर्छु भन्ने अठोट बोक्नेहरुलाई भने कुठाराघात भएको छ । सार्वजनिक सवारीले सर्वसाधारणलाई सुविधा दिने हो । यसले रोजगारीको अवसरहरु पनि सृजना हुन्छ । यस्ता सवारीका लागि बैंकिङ मापदण्ड खुकुलो बनाउन पर्छ । नत्र स्वदेशमै केही गर्छु भन्ने युवाहरु हातमा पासपोर्ट बोकेर श्रम बेच्न बिदेश जाने लर्कोलाई कम गर्न सकिदैन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।