• नेपालमा वर्षेनी २ अर्बभन्दा बढीको श्रृङ्गार सामग्री भित्रिन्छ

    July 18, 2019     10:49 pm

    २ साउन, काठमाडौं । हिन्दु महिलाहरुका लागि विशेष मानिने साउन महिना सुरु भएसँगै श्रृङ्गार सामग्रीको ब्यापारले बजार तातेको छ । प्रेम, सौभाग्य र पवित्रताका लागि साउन महिनाभरी नेपाली हिन्दु नारीहरु हरियो पोते, पहेँलो र रातो चुरालगायतका श्रृङ्गार सामग्रीमा सजिन्छन् । भन्सार विभागको तथ्यङ्क अनुसार आर्थिक वर्ष ०७५/७६ मा मात्रै नेपालमा दुई अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौलीलगायतका श्रृङ्गार सामग्री विभिन्न मुलुकबाट आयत गरिएको छ । करिब १३ करोड ५४ लाख ७७ हजार पिस श्रृङ्गार सामग्री नेपालमा आयात भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्ता श्रृङ्गार सामग्री ३ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार श्रृङ्गार सामग्रीमा चुरा, पोते, मेहन्दी, टिकौली, लिप मेकअप, आइ मेकअप, पाउडरलगायत पर्दछन् । नेपालमा आयात गरिने श्रृङ्गारका सामान भारत, चीन, थाइल्याण्ड, बंगलादेश लगायतका मुलुकबाट आउने गरेको विभागले जनाएको छ । विभागका अनुसार पोते र चुरा मात्रै ४ करोड ८४ लाखभन्दा धेरैको आयात भएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।