• पार्टीभित्र विभिषण प्रवृत्ति हाबी भयो‐ मुख्यमन्त्री गुरुङ

    July 18, 2019     10:10 pm

    नवलपुर
    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पार्टीभित्र विभिषण प्रबृत्ति हामी हुदै गएको बताएका छन् । जनताको दिएको जनमतलाई कदर गरेर अगाडि बढ्नुका साटो पार्टीकै साथीहरु कांग्रेसलाई गुहार्दै पार्टी विरुद्धै लागिरहेको उनको दावी छ । नवलपुरमा सांसद तिलक महतका माता नन्दकली महतको छौठौ पुण्यतिथिको श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री गुरुङले विभिषण प्रवित्तिको डटेर सामाना गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । ‘माहाभारतमा रावणले आफ्नै परिवारभित्र शत्रु भएर युद्ध हारेको हो राम बलियो भएर होइन’ उनले भने ‘यस्तो प्रवृत्ति हामीमा देखिएको छ, हामी कांग्रेसलाई लाल्किरिरहेको छौ, यस्तो प्रबृत्ति विरुद्ध डटेर लाग्नुस अन्यथा हामी पार्टीलाई जोगाउन सक्दैनौ ।’ उनले पार्टीमा मौलाइरहेको हनुमान प्रवित्तिले समेत पार्टीलाई हानी पु¥याउनेतर्फ सचेत गराए । नेताहरुमा सकरात्मक आलोचना समेत सहन नसक्ने र आफ्नो आलोचना गर्नेवित्तिकै विरोधी खेमाको देख्ने व्यवहारले पार्टीलाई जिवन्त बनाउन नसक्ने उनको भनाई छ । पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, पार्टी स्थायी समिति सदस्य सोमनाथ प्यासी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे लगायत नेताहरु समेत माननीय महतका आमा नन्दकलीलाई श्रद्धाञ्जली व्यक्त गर्न नवलपुर पुगेका थिए । स्वर्गीय महतको गत असार २७ गते काठमाडौमा उपचारको क्रममा निधन भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।