• पोखरामा ५ हजार कुखुरा भएको खोरमा चितुवा

    July 18, 2019     10:03 pm

    file photo

    पोखरा २, साउन / पोखराको एक कुखुराको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लियर हाल पोखरा पचभैयाको वन्य जन्तु उद्धार केन्द्रको केज (खोर) मा राखिएको छ । पोखरा महानगरपालिका–१६ सिप्लेकुनास्थित सोभित बहादुर केसीको करिब ५ हजार कुखुरा भएको खोरमा पसेको बयस्क चितुवालाई नियन्त्रणमा लियर हाल पोखरा जुलोजिकल पार्क अन्र्तगको उक्त केन्द्रको केजमा राखिएको जिल्ला वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले बताए ।उनका अनुसार मंगलबार राती कुखुराको खोरमा पसेको चितुवा बाहिर निस्कने धेरै प्रयासमा फलाम र जालीमा पटक पटक ठोकिदा थकित भएकोले खोरमै लडेर बसेको चितुवालाई इन्जेक्सन दिएर उद्धार गरी बुधबार साँझ उक्त पार्कको केजमा राखिएको छ । चितुवाको आँखामा चोट लागेको हुनाले केही दिन त्यसको रेखदेख आवश्यक भएको उनले बताए । वयस्क पोथी चितुवा कुखुराको खोर भित्र पस्ने ढोका स्प्रिङ प्रकारको भएकोले आफै धकेलेर भित्र पसेको हुन सक्ने प्रमुख श्रेष्ठले आशंका गरे । केसीको घरमा कुकुर समेत भएकोले कुकुरको गन्दले चितुवा कुखुराको खोरमा पसेको हुन सक्ने उनले जनाए । कुखुरा व्यवसायी केसीले करिब एक घण्टासम्म ढोका खुल्ला राख्दा पनि चितुवा बाहिर ननिस्के पछि उनले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले खबर गरेसंगै जिल्ला वनको टोलीले उक्त चितुवालाई उद्धार गर्न चितवनबाट प्रविधिक टोलीको सहायता लिएको थियो । उक्त चितुवालाई डार्टिङ (इन्जेक्सन) दिएर बेहास बनाइ चितुवालाई नियन्त्रणमा लिई पार्कमा लगेर राखिएको हो । उक्त कुखुराको खोरमा मस्तसंग लडेको चितुवालाई बुधबार खोरमा दाना हाल्न जादा केसीका आफन्तले देखे पछि उनीहरु त्रसित भएका थिए । एक दिन भरीको प्रयासबाट उक्त चितुवालाई नियन्त्रणमा लिएको थियो । उक्त कुखुराको खोरमा चितुवा बाहिर निस्कने प्रयासमा ठोकिन पुग्दा घाईते हुनुको साथै करिब १० वटा कुखुरा समेत मर्न पुगेको प्रमुख श्रेष्ठले जनाए । उनका अनुसार पोखरा क्षेत्रमा बाघ भेटिदैन विभिन्न प्रकारको चितुवा मात्र भेटिन्छ । शसस्त्र वन रक्षक जम्दार क्षेत्र बहादुर थापा, गोविन्द थापा लगायतका कर्मचारी उक्त चितुवाको उद्धारमा खटिएका थिए । पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिका वडा ३०, ३१ र ३२ स्थित पचभैया चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन समेटेर उक्त पार्क निर्माण गरिएको पार्कका अध्यक्ष हिमालय बख्रेलले बताए । घाईते चितुवाको हाल चितवनबाट आएको प्राविधिक टोलीले रेखदेख गरेकोले केही सुधार हुदै आएको उनले जनाए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।