• वृहत अस्ट्रेलियन हायर एजुकेशन फेयर २०१९ विशेष

    July 18, 2019     6:21 pm

    प्रोफेसनल ऐजुकेशन कन्सल्टेन्सी पोखरा शाखाका प्रवन्ध निर्देशक किशोर परियारसँग साउन तिन गते आयोजना हुने वृहत अस्ट्रेलियन हायर एजुकेशन फेयर २०१९ मा आधारित रहेर गरिएको विशेष कुराकानी

    प्रोफेसनलको पृष्ठभुमी कस्तो छ ?

    २६ वर्षअघि स्थापित लामो समयसम्मको इतिहास वोकेको प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीको पोखरा शाखा सन् २०१६ को जुलाईमा स्थापना भएको हो । यो एउटा विशुद्ध शैक्षिक परामर्श दिने कम्पनी हो । जसले विभिन्न ठाँउहरुमा रहेर आफ्ना सेवाहरुलाई विधार्थी र अभिभावकलाई सहजीकरण गर्दै आइरहेको छ ।

    अस्टे«लियन हायर एजुकेशन फेयर गर्नुको उद्देश्य के हो ?

    अभिभावकले दश जोड दुई को शिक्षा पश्चात छोराछोरीले भविष्य निर्माणका लागी उच्च शिक्षा अध्ययन गर्ने इच्छा र चाहानालाई पुरा गर्नका निमित्त कस्तो विषय छान्ने, कुन देश जाने भन्ने जस्ता विषयहरुमा अभिभावक तथा स्वयम विधार्थी अन्यौल भएको हूँदा यसले पढ्ने र पढाउनेलाई सहजता प्रदान गरोस् भन्नेनै यसको मुख्य उद्देश्य हो ।

    फेयरमा के के हुन्छ ?

    विधार्थीहरुलाई प्रत्यक्षरुपमा अस्टे«लियाका १८ प्रसिद्ध युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थी र अभिभावकले प्रत्यक्ष भेट गर्न पाउनेछन् । विश्वविध्यालयका प्रतिनिधिसँग एक्लाएक्लै परामर्श लिन पाउनेछन् । योग्य विद्यार्थीलाई छात्रवृतिको व्यवस्था हुने छ । फेयरमा रजिस्टे«सन गर्ने विद्यार्थीलाई आईईएलटीएसमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलामा सहभागीले विशेष गिफट भौचर प्राप्त गर्नेछन् ।


    फेयरमा कस्ता विद्यार्थीहरुलाई लक्षित गर्नुभएको छ ?

    हामीले जो विद्यार्थीहरुले विदेशमा गएर अध्ययन गरेर आफ्नो करियरलाई म्यापिङ गरी योजना वनाई अगाडी वड्ने लक्ष्यमा अडिग रहने विद्यार्थीहरुलाई लक्षित गरेका छौँ ।

    कति विद्यार्थी फेयरमा सहभागी हुने अपेक्षा गर्नुभएको छ ?


    हामीले फेयरमा यति विद्यार्थीको संख्या भन्नु भन्दा पनि जतिलो फेयरमा संमलग्न हुनुहुन्छ उहाँहरुलाई उचित परामर्श गरी सन्तुष्टी प्रदान गर्नुको साथै जुन लक्ष्य, उद्देश्यका साथ फेयरमा सहभागी भई आफुलाई विश्व्सत तुल्याउनुहुनेछ यो नै महत्वपूर्ण विषय हो । यसअघि काठमाण्डौँ, चितवनमा पनि फेयर गरेका थियौँ, जसमा शैक्षिक परामर्शका लागी विद्यार्थीको संख्या एघारसयको उपस्थितिमा समपन्न भएको छ, भने पोखरामा पनि हामीले अनुमानीत आठसयको हाराहारीमा विद्यार्थीको उपस्थििति हुने अपेक्षा गरेका छौँ ।

    युनिभसिटी कस्ता कस्ता छन् ?

    जसको दुई÷तीन सय वर्ष अस्टे«लियामा पुरानो इतिहास रहेको छ, भने विभिन्न विषयहरुमा अध्ययन अध्यापन गराई विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा कार्यरत गर्न अव्वल वनाएका छन् ।

    विद्यार्थीहरुका लागी कस्ता सेवाहरु उपलव्ध छन् ?


    डकुमेन्टस चार्ज नलिइकन निशुल्क प्रोसेशिङ गर्न पाउनुहुनेछ, यसै अन्तर्गत जुन–जुन युनिभर्सिटिमा आवेदन गर्न चाहानुहुन्छ भने फ्रि अफ क्स्टमा हुनेछ ।

    अस्ट्रेलियन हायर एजुकेशन फेयरमा परामर्श सेवा कस्तो हुन्छ ?


    परामर्श सेवा विशुद्ध रुपमा पुराना इतिहास वोकेका कलेजहरु हुनेछन्, जसमा विद्यार्थीहरुले कसरी स्कोलरसिप प्राप्त गर्ने , टिउसन् फि कति लाग्ने, कुन कुन कोर्ष पढ्ने भन्ने विषयहरुमा सम्पूर्ण जिज्ञासाहरुको वारेमा परामर्श लिन तथा पाउन सकिन्छ ।

    मेलामा के के हुन्छ ?


    विद्यार्थीले फेयरमा सही सूचना प्राप्त गर्न सक्नेछन् भन्ने विदेशमा गएर पढ्दा हामीले पनि रिर्सच गर्नुपर्दो रहेछ, विश्वविद्यालयको मापदण्ड के कस्ता छन्, हाम्रो ग्यापले असर गर्छ वा गर्दैन, म्यारीड भएको खण्डमा के गर्न सकिन्छ तथा हामीले प्राप्त गरेको प्राप्ताङकले डक्टर, इन्जिनियर, पाईलट पढ्न सक्ने वा नसक्ने भन्ने विषयमा सम्पूर्ण जानकारीहरु प्रत्यक्ष रुपमा लिन पाउनुहुनेछ ।

    अन्तयमा विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ?


    यस फेयरमा विद्यार्थी मात्र नभई अभिभावक पनि आई प्रत्यक्ष रुपमा युनिभर्सिटिका प्रतिनिधिसँग वसेर वहस तथा छलफल गर्न सक्नुहुनेछ । यहाँहरुलाई मनमा लागेका सम्पूर्ण जिज्ञासाहरुको वारेमा जानकारी लिन सक्नुहुनेछ भने अध्ययनका क्रममा वाहिर जाँदा सहि परामर्श लिई विभिन्न कलेजमा अध्यन अध्यापन हुने विषयहरुमा सहि सूचना लिएर जान आग्रह गर्दछौँ ।

    प्रस्तुती : नवराज दाहाल

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।