पोखरा ६, लेकसाइडमा वाराही नेपाली भान्छा घर सञ्चालनमा आएको छ । भान्छा घरको विहिवार पोखरा उधोग वाण्ज्यि संघका अध्यक्ष दामु अधिकारीले एक समारोहका विच उद्घाटन गरेका छन् ।
भान्छा घरमा नेपाली टिपिकल अर्गानिक खानाको लाई प्राथमिकता दिइने सञ्चालक मध्येका एक सुनिल रेग्मीले वताए ।
नेपालीहरुले आफ्नो संस्कृति विर्सिएको अवस्थामा विदेशी खाना आयात हुने र भोलीको सन्ततीले टिपिकल नेपाली खाना कस्तो थियो त ? भन्ने उद्देश्यले वाराही नेपाली भान्छा घर सञ्चालनमा ल्याएको अर्का सञ्चालक मोहन मणी सुवेदीले वताए ।
दुई जनाको संयुक्त लगानीमा उक्त भान्छा घर सञ्चालनमा आएको हो ।
भान्छा घर विहान ८ वजेवाट वेलुका ११ वजेसम्म खुला रहने र ओपनिङ्गको अवसरमा दश प्रतिशत अतिरिक्त शुल्क पनि नरहेको सञ्चालन पक्षले जनाएको छ ।