• भेस्पा एप्रोलियाको पोखरा एक्सेन्ज क्याम्प २०७६ हुने

    July 17, 2019     9:47 pm

    पोखरा साउन १ ।
    उपभोक्ताको नयाँ स्कुटर चढ्ने चाहानालाई मध्यनजर गरी पोखराको आधिकारीक विक्रेता सीताज लाइफ स्टाइलले पोखरा एक्सेन्ज क्याम्प २०७६ असार २७ देखी साउन १५ सम्म सञ्चालनमा ल्याएको छ ।
    पोखरा एक्सेन्ज क्याम्प सिताज लाइफ स्टाइलको आफ्नै भवनवाट सेवा प्रवाहका साथै उक्त क्याम्प २० दिनसम्म चल्नेछ । उपभोक्ताले भेस्पा एप्रोलिया एक्सेन्ज क्याम्पमा आफुँसग भएका जुनसुकै कम्पनीका मोडेलका स्कुटर साटफेर गर्न सक्नेछन, भने उक्त स्कुटरको अतिरिक्त मूल्यांकन ७००० सम्म गरिनुका साथै २०७६÷०७७ को कर मिनाहा हुने भएको छ ।
    क्याम्पमा अन्य सामानहरुमा हेल्मेट, रेनकोट, कभर, क्यारीङहरु पनि फ्रिमा पाइने भएको छ । वजारमा भेस्पा एप्रोलियाका स्कुटरहरु महङगो भएको भन्ने आम उपभोक्ताको धारणा छ, जुन विल्कुल गलत छ भेस्पा एप्रोलियाका विभिन्न मोडलहरु छन् क्याम्पमानै आई वुझेमा उपभोक्ता लाभान्वित हुनेमा आफुँ विश्वस्त रहेको सिताज लाइफस्टाइलका सेल्स म्यानेजर आशिष श्रेष्ठले बताए ।
    अहिले वजारमा एप्रोलिया व्राण्डका एप्रोलिया स्ट्रोम १२५ सिसी, एस आर १२५ सिसी, एस आर १५० सिसी रहेको छ, भने भेस्पा व्राण्डमा नोट १२५, एल एक्स १२५, भी एक्सल १२५ र १५० सिसी, एस एक्सल मेटी १२५ र १५० सिसी बिक्री वितरण भष्रहेको संस्थाका प्रवन्ध निर्देशक अनुज वास्तोलाले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।