• साउन लाग्यो हरियो चुरा, मेहेन्दी हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग

    July 17, 2019     12:23 pm

    काठमाडौं, असार ३१।

    राजधानीको असन–इन्द्रचोक क्षेत्र यसैपनि ग्राहकहरुको भीडभाड हुन्छ । त्यसमाथि साउनमा महिलाहरुमा रहेको हरिया–पहेँला चुरा–पोतेको क्रेजले गर्दा यो क्षेत्रमा थप भीडभाड देखिन्छ ।

    साउन लागेसँगै इन्द्रचोक र असनका गल्लीहरुमा रहेका चुरा–पोते व्यापारीहरुलाई अहिले भ्याइनभ्याई छ । उनीहरु विगतको तुलनामा साउनमा व्यापार राम्रो हुने बताउँछन् ।

    साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग हुन्छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ ।

    पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्त्वका रूपमा लिइन्छ ।

    साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।

    त्यस्तै, मेहेन्दीले हात रङ्ग्याउनेको पनि भीड उत्तिकै छ । साउन महिनामा हात आकर्षक डिजाइनमा मेहेन्दी लगाउनेहरुको संख्या पनि बढिरहेको छ ।रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।