• साउन २ र १० गतेको नेपाल बन्द फिर्ता

    July 17, 2019     12:11 pm

    काठमाडौं, असार ३१। आरक्षण बचाऔं आन्दोलनले आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । आरक्षण बचाऔंले साउन २ र १० गतेको नेपाल बन्दको आह्वान गरेको थियो ।

    देशमा बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्ति आइपरेपछि बन्द आह्वान स्थगित गरिएको हो ।

    नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामका अनुसार, देशमा ६५ भन्दा बढी मानिसको मृत्यु, धेरै नागरिक विपत्तिमा परेकाले तत्काललाई बन्दको कार्यक्रम स्थगित गरिएको हो ।

    लोकसेवा आयोगले समावेसी सिद्धान्त विपरित विज्ञापन आह्वान गरेको र सो विज्ञापन खारेज गर्न माग गर्दै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, अल्पसंख्यक लगायतले आन्दोलन गर्दै आएको छ ।

    बन्दका कार्यम स्थगित रहने भए पनि अन्य विरोधका कार्यक्रम भने जारी रहने अध्यक्ष बरामले जानकारी दिए । आरक्षण बचाऔं आन्दोलनले आज राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रदर्शन र सभा गर्दैछ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।