• आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु

    July 17, 2019     12:06 pm

    काठमाडौं, साउन १ । आर्थिक बर्ष २०७५/७६ मंगलबारदेखि सकिएको छ । आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु भएको छ । सरकारले यो आर्थिक बर्षको लागि १५ खर्ब ३२ अर्बको बजेट छुट्याएको छ ।

    अघिल्लो आर्थिक बर्षमा दुई तिहाईको बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएपनि लक्ष्यअनुरुप राजश्वको लक्ष्यभने भेटाउन सकेन । नयाँ आर्थिक बर्ष २०७६/७७ मा अर्थमन्त्री खतिवडाले चालूतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्बसहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरेका छन् ।

    सरकारले यो वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्नेछ । सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने छ ।

    गत आर्थिक बर्ष राजश्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड उठाउने लक्ष्य राखेकोमा ६ खर्ब ९५ अर्ब ४७ करोड अर्ब राजश्वमात्र उठ्यो । सरकारले राखेको लक्ष्यमध्ये ८३. ६६ प्रतिशतमात्रै राजश्वको लक्ष्य पूरा भएको हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।