कैलाश खेरले गाए सत्याकृत ब्याण्डसंग “भक्तिका चन्दन” (भिडियो सहित )
July 16, 2019 10:05 pm
काठमाडौं असार ३ ।
सैँया , अल्लाहके बन्दे आदि चर्चित गीत गाएका भारतिय गाएक कैलाश खेरले नेपालको सत्याकृत ब्याण्डसंग हालै आएर “भक्तिका चन्दन” बोलको हिन्दि गित गाएका छन् ।
उक्त गीतमा शब्द र सङ्गित सुर साधुको रहेको छ भने सङ्गित संयोजन गोपाल रसाईलिको रहेको छ ।
हालै उदित नारायण झासंग ” होशमा बेहोशि” रिलिज गरेको सत्याकृतले गुरु पूर्णिमाको अवसर पारेर यो गीत सार्वजनिक गरेको छ ।
यस गीतको रेकर्डिङ मुम्बईको प्रशिद्ध रेकर्डिङ स्टुडियो कैलाशा स्टुडियोमा गरिएको थियो भने यसको मिक्सिङ मास्टरिङ बलिउडका प्रख्यात साउण्ड ईन्जिनियर आमिर शेखले गरेका हुन ।
यो गीतलाई आत्मरन्जन नामक युट्युब च्यनलबाट तथा विभिन्न टेलिभिजन र एफ एम स्टेसनहरुबाट सार्वजनिक गरिएको छ ।
सत्याकृत व्यण्ड नेपालमा आफ्नै छुट्टै विशेषता बोकेको सङ्गितलाई लिएर प्रख्यात छ । यो ब्याण्डले सत्य प्रेम एवम् शान्तिको भाव बोकेको गीत सङ्गित सृजना गर्दै आईरहेको छ ।
सत्याकृत व्यण्ड र कैलाश खेर दुवैलाई यो गीतको सफलताको लागि सुभकामना ।