• साउन १ गते देखि महंगो इन्टरनेट चलाउनुपर्ने, १३ प्रतिशत महंगिने

    July 16, 2019     5:58 pm

    काठमाडौं असार ३ ।
    भोलि अर्थात साउन १ गते देखि इन्टरनेट महंगिने भएको छ । सरकारले आर्थिक विधेयक मार्फत इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दुरसञ्चार सेवा दस्तुर बापत लिने १३ प्रतिशत रकम असुल गर्नुपर्ने बुँदालाई यथावत राखेकाले इन्टरनेट सेवा प्रदायकले आपत्ति जनाएका थिए ।

    उनीहरले यस अघिको नोक्सानलाई कभर गर्ने गरी २० प्रतिशतसम्म शुल्क बढाउँने निर्णय गरेका छन् । आथिक वर्ष २०७५÷०७६ को बजेटले १३ प्रतिशत शुल्क लिने निर्णय गरेको थियो ।

    तर इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई आम उपभोक्तालाई मूल्य बृद्धि नगराइदिन भनेपछि सरकार र व्यवसायी मिलेर मूल्य समायोजन गरिएको इन्टरनेट सेवा प्रदायकको संस्था (आइस्पान) का अध्यक्ष भोजराज भट्टले बताए ।

    तर अहिलेको बजेटमा पनि यो १३ प्रतिशत रकम बृद्धि नहटाएकोले एक वर्षको नोक्सान रकम पनि उपभोक्ता बाटै उठाउने गरी २० प्रतिशत शुल्क बृद्धि गर्ने उनले भने । उनका अनुसार यो २० प्रतिशत एक बर्षसम्म उठाइनेछ भने अर्को वर्षदेखि १३ प्रतिशतमात्र उठाइनेछ ।रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।