• पूर्वी र पश्चिमी क्षेत्रमा आज पनि भारी बर्षा हुन सक्ने

    July 16, 2019     2:59 pm

    काठमाडौं असार ३ । देशका पूर्वी तथा पश्चिमी क्षेत्रमा आज पनि भारी बर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा तराईका १– २ स्थानमा आज भारी वर्षा हुने छ । मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहेको छ । जसको कारण मनसुनी गतिविधि देशभर नै सक्रिय अवस्थामा रहेको छ ।

    हाल देशका सबै जसो स्थानमा सामान्य देखिएपनि पूर्ण बदलीको अवस्थामा रहेको छ । पश्चिमी भूभागका थोरै स्थानका साथै मध्य भूभाग र पूर्वी नेपालमा केही स्स्थानमा मनसुनी वर्षा भइरहेको छ ।

    विशेष गरी चुरे भएर बहने नदीमा जलसतह सामान्य अवस्थामा रहेपनि बर्षा हुने सम्भावना रहेका कारण पानीको सतहमा केही वृद्धि हुन सक्ने देखिएको छ ।

    आज राती देशको पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भारी बर्षा हुने देखिएकाले सचेतता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानमाुन महाशाखाले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।