• नेत्रविक्रम चन्द विप्लवसँग वार्ता गर्न आग्रह

    March 15, 2019     3:42 pm

    फाइल फोटो

    पोखरेली न्युज चैत १ / शान्तिका लागि साझा अभियान (कोक्याप) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

    कोक्याप) ले आज विज्ञप्ति जारी गरी सो पार्टीसँग वार्ताको सार्थक प्रयास नगरिकन अकस्मात लगाइएको प्रतिबन्धले नेपाली जनता सम्भावित द्वन्द्वको त्रासमा परेको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो ।

    सो पार्टीले देशका विभिन्न स्थानमा अशान्ति फैलाउने गरी बन्द, हडताल, आगजनी तथा बम विस्फोटन गराउने जस्ता क्रियाकलापबाट सर्वसाधारण नागरिकमा त्रास फैलिएको (कोक्याप) को भनाइ छ । लोकतान्त्रिक संविधानमार्फत जननिर्वाचित सरकारले गर्ने निर्णय र लिने कदम सदैव लोकतान्त्रिक नै हुनुपर्ने (कोक्याप) को जोड छ । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।