• पोखरामा नेविसंघ र प्रहरीबीच झडप, एक प्रहरी घाईते

    July 15, 2019     9:43 pm

    फोटो : बिजय नेपाली

    पोखरा, असार ३० ।
    पोखरा इन्जिनियरिङ कलेजमा विवाद भएपछि प्रहरीले नेविसंघका केही विद्यार्थी पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै नेविसंघले पिएन क्याम्पस अगाडी मसाल जुलुस निकालेको छ ।

    जुलुस निकाल्दै गर्दै प्रहरीले हस्तक्षप गरेपछि दुई पक्षबीच झडप भएको छ । झडपमा एक प्रहरी घाईते भएको बताईएको छ । प्रहरी जवान दीपक खाती घाईते भएका हुन् । झडपकै क्रममा नेविसंघ नेता पशुपती भट्टराई पक्राउ परेका छन् ।

    पोखरा ७ फिर्केमा रहेको पोखरा इन्जिनियरिङ क्याम्पस स्वतन्त्र विद्यार्थी परिषद्को कार्यालयमा नेविसंघले तोडफोड र अनिश्चितकालीन तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो । तोडफोडमा संलग्न भएको आरोपमा पेकका नेविसंघ सभापति टेनिश श्रेष्ठ, पोखरा विश्वविद्यालयका सभापति फिरोज सुवेदी, नेविसंघका विद्यार्थीहरु निश्चल पाण्डे, नन्दलाल सापकोटा, विकास रानाभाट र राजीव भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु बैदाम प्रहरीको नियन्त्रणमा छन् ।

    भिडलाई नियन्त्रणमा लिने क्रममा सामान्य धकेलाधकेल भएको प्रहरीले जनाएको छ । नेविसंघले चाहीँ प्रहरीले धरपकड गरेको आरोप लगाएको छ ।स्रोत:डिएनए

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।