• विज्ञापन खारेज गर्न माग गर्दै फेरि बन्दको घोषणा

    July 15, 2019     6:07 pm

    काठमाडौं, ३० असार । लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द गर्ने भएको छ ।

    संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्म्विपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको भन्दै महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

    संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’लगाएतका नारासाथ आदिवासीरमुलबासीरजनजातिहरुले विरोध प्रर्दशनमा नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको जानकारी गराउदै आदिवासीरमुलबासीरजनजातिहरुले “लोकसेवाविरुद्ध आदिवासी जनजातिको पहिलो दिन “विशाल जनप्रदर्शन प्रदर्शन” सु(सम्पन्न हुने नेपाल मगर संघ प्रदेस प्र.नं.३ नेवास् ताम्सालिङ्ग मगरातको मुख्य सचिव सबिन पुलामी मगर ‘साकार’ले जानकारी दिए ।

    महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।

    यस्तो छ आन्दोलनका कार्यक्रमहरुस :

    २०७६ असार ३० गते- साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।
    २०७६ असार ३१ गते- उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।
    २०७६ साउन २ र १० गते- नेपाल बन्द ।

    यसअघि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पटक पटक नेपाल बन्दको आह्वान गर्दै आएको थियो ।स्रोत: गण्डकी टाइम्स

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।