• यस्तो हुनेछ अबको तीन दिनको मौसम

    July 15, 2019     12:43 pm

    काठमाडौं ३० असार । केहि दिनदेखि लगातार परेको वर्षाको क्रम तत्काल रोकिने सम्भावन नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    भारी वर्षा नभए पनि मनसुन सक्रिय रहेकाले वर्षाको क्रम जारी रहने महाशाखाले जनाएको हो ।

    महाशाखाले देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले सचेत रहन समेत अपिल गरेको छ । वर्षाका कारण देशको पहाडी भूभागमा पहिरो र तराईमा बाढी र डुबानको खतरा रहेकाले सचेत हुन आग्रह गरेको छ ।

    मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भागमा रहेका कारण मनसुनि गतिविधि देशभर सक्रिय रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

    उनका अनुसार हाल देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य देखि पूर्णतया वदली रहेको छ भने पश्चिमी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ। पश्चिमी भूभागका तथा मध्य भू-भागका केहि स्थानहरु तथा पूर्वी भू-भागका धेरै स्थानहरुमा मनसूनी वर्षा भैरहेको छ ।

    यस्तो हुनेछ तीन दिनको मौसम

    असार ३० गते (सोमबार)

    दिउँसोः देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।

    रातिः देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

    असार ३१ गते (मंगलबार)

    दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पश्चिमका क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

    रातिः देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ ।

    श्रावन १ गते (बुधबार)

    दिउँसोः देशभर सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।

    रातिः देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।