• बाढीका कारण ६० जनाको मृत्यु, २६ जना बेपत्ता

    July 14, 2019     7:11 pm

    काठमाडौं असार २९। बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण मुलुकका विभिन्न स्थानमा ६० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार दिउँसो साढे चार बजेसम्मको विवरणअनुसार देशभर ३६ पुरुष र २४ महिला गरी ६० जनाको मृत्यु भएको हो भने ३८ जना घाइते भएका छन् ।
    जसमा २१ जना पुरुष र १७ जना महिला रहेका छन् ।

    बाढी र पहिरोमा परेर तीनदिनमा २६ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । १४ जना पुरुष र १२ जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी र पहिरोको विपत्तिमा परेका एकहजार ४४४ जनाको सकुशल उद्धार गरिएको छ ।बाह्रखरी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।