• लायन्स क्लब अफ वेगनास तालनगरीको वृक्षारोपण सम्पन्न

    July 13, 2019     10:07 pm

    पोखरा, २८ असार। लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वी १ अन्तर्गत रहेको लायन्स क्लब अफ वेगनास तालनगरीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा २७ अर्चलेमा रहेको लेखनाथ स्वास्थ्य चौकीको परिसरमा एक कार्यक्रमका विच विभिन्न जातका विरुवाहरु रोपिएको हो । यस अधि कार्यक्रममा जोन चियर पर्सन गणेश प्रसाद ढुंगाना, पूर्व रिजन चियर पर्सन मधुसुधन कोइराला, लेखनाथ स्वास्थ्य चौकी प्रमुख जिवा शर्मा लगाएतले जहाँ आवश्यकता त्यहाँ लायन्स भने जस्तै लयान्स क्लब अफ वेगनास तालनगरीले उपयुक्त स्थानमा वृक्षारोपण गरेकोमा धन्यवाद दिंदै कम भन्दा कम खर्चमा उत्कृष्ट सामाजिक तथा मानविय सेवाका कार्य गर्न आग्रह गरेका थिए । क्लबका अध्यक्ष केशवराज तिवारीले क्कबले नियमित रुपमा गरिंदै आएको वृक्षा रोपण कार्यक्रमलाइ यस वर्ष पनि निरन्तरता दिइएको जानकारी गराए । आगामी दिनमा पनि सोही स्थानमा रोपिएका विरुवाहरुको गोडमेलका साथै अन्य नयाँ विरुवाहरु समेत रोपिने बताए । जोनमा रहेका क्लबहरुको सहकार्यमा संयुक्त सामाजिक कार्यहरु गर्ने उनले बताए।
    डिष्ट्रिक कमिटिका चियर पर्सन एवम् क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाट, पूर्व अध्यक्ष एवम् डिष्ट्रिक कमिटिका को चियर पर्सन रामचन्द्र रानाभाट , क्लबका पदाधिकारीहरु लगाएतको उपस्थिति रहेका कार्यक्रममा कार्यक्रम संयोजक एवम् क्लबका प्रथम उपाध्यक्ष शक्ति श्री तिवारीले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेकी थिइन् भने क्लबकका सचिव त्रिलोचन लामिछाने कार्यक्रम सन्चालन गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।