• पछिल्लो अपडेट : देशभर वर्षाका कारण १७ जनाको मृत्यु, सातजना बेपत्ता

    July 12, 2019     9:13 pm

    काठमाडौं असार २७ । बिहीबारदेखि मुलुकभर परेको वर्षाका कारण बाढी पहिरोमा परेर १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं, काभ्रे, रामेछाप, भोजपुर, ललितपुर, खोटङ, मोरङ, दोलखा, धनकुटा, महोत्तरी, पाँचथर, सुनसरी, मकवानपुर, पर्सा, धादिङ, सिन्धुली र इलाममा गरी १७ जनाको मृत्यु भएको छ ।

    काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा बलराम खत्रीको घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

    धादिङमा घर भत्किँदा गजुरीकी आठ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ । काभ्रेको बनेपा नगरपालिका ३ चुनातालमा घरमाथिबाट खसेको पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोमा दंगाल र सोहनी दंगाल रहेका छन् । रामेछापमा पनि पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ ।

    दुईदिनदेखि परेको अविरल वर्षाका कारण अहिलेसम्म पाँचजना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढी तथा पहिरो परी सात जना घाइते भएकोसमेत प्रहरीले जनाएको छ ।

    बाढी, पहिरो तथा डुबानमा परेका प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट जनशक्ति र श्रोतसाधन परीचालन गरिएको समेत प्रहरीले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।