• टोल–टोलमा अग्नि सुरक्षा तालिम सम्पन्न

    July 12, 2019     8:03 pm

    पोखरा, असार २७ ।

    पोखरा महानगरपालिका वडा नं–१० को आर्थिक सहयोगमा वडा नं–१० का ३३ वटा टोलका टोल विकास संस्था र आमा समूहहरूकोलाई अग्नि सुरक्षा तालिम दिईएको छ ।
    वडा नं–१० का बिभिन्न टोलमा एक कार्यक्रम बिच नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की, वेष्ट मेनेजमेन्ट प्रा. लि. पोखराको सहयोग नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखा को समन्वय र लैगिक समावेशीकरण तथा सामाजिक उप समितिको आयोजनामा ३३ वटा टोल र ३० वटा महिला समूहहरूमा अग्नि सुरक्षा तालिम, सरसफाई तालिम र बाल्टीन बितरण लगायतका कार्यक्रम गरिएको हो ।
    अग्नि सुरक्षा अभिमुखीकरण तालिम कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नं(१० का वडा अध्यक्ष राज कुमार गुरुङले ब्यानरमा हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुहुँदै वडा नं–१० मा हुनसक्ने साना समस्या समाधान गरि ठूला समस्याबाट बच्न र बचाउन बिपत ब्यबस्थापन संगसंगै अग्नि सुरक्षा तालिमले ठूलो सहयोग पु¥याउँनेको साथसाथै यस्ता कार्यक्रममा वडाको सक्दो ध्यान जाने बताउँनु भयो ।
    अग्नि सुरक्षा तालिम कार्यक्रममा अन्नपूर्ण ख टोल विकास संस्था, भद्रकाली दिदि बहिनि समुह, स्वणिर्म टोल विकास संस्था, स्वणिर्म टोल आमा समुह, नागीन टोल बिकास संस्था, नागीन टोल आमा समुह, जनप्रिय टोल विकास संस्था, जनप्रिय आमा समूह, सृष्टि टोल नहर मार्ग टोल बिकास संस्था, सृष्टि टोल आमा समुह, शुनकोसी मार्ग टोल बिकास संस्था, शुनकोसी महिला समुह, सिमल मार्ग टोल बिकास संस्था, सिमल बोट महिला समुह, बेथानी टोल विकास संस्था, अन्नपूर्ण मार्ग ए टोल बिकास संस्था, चेतनशिल आमा समुह, हिमाल आमा समूह, शिबनगर टोल बिकास संस्था, संकल्प आमा समुह,अब्यबस्थित बसोबास क्षेत्र पोखरा औधोगिक क्षेत्र, मिलन टोल टोल विकास सस्था, सरस्वती आमा समुह, हिमाली टोल विकास संस्था, हिमाली आमा समूह, कालिका मन्दिर परिसर महिला समुह लगायत ३० ठाँउमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीका प्राबिधिक नबराज भण्डारी, लिला देबकोटा, सर्मिला धमलाले ले अग्नि सुरक्षा सम्बन्धी घरमा आगो लागेमा, ग्यास सिलिण्डर मा आगो लागेमा कसरि निभाउने र मानिसको सरिरमा आगो लागेमा कसरी निभाउने भन्ने प्रशिक्षण दिनु हुदै प्रत्यक्ष प्रशिक्षार्थीहरूलाई आगो निभाउन सिकाउनु हुदै अचानक घरमा एक्कासी कुनै बिपत आउने थाहा पाईएमा सतर्कता अपनाउने लगायत झटपट झोला भनेको के हो र विपत आउने समयमा झटपट झोला को महत्व माथी प्रकास पार्दै सरल तरिकाले नबराज भण्डारीले प्रशिक्षण दिनुभएको थियो । उक्त अग्नि सुरक्षा अभिमुखीकरण तालिममा टोल टोलका महिलाहरू उत्साहित हुँदै घरमा आगलागी भएमा आगो कसरी निभाउने र अचानक आफैमा आगलागी भएमा कसरी निभाउने भन्ने बिषयमा प्रशिक्षार्थीहरू लागिपरेको लैगिक समितिका सह सचिव जनुका अधिकारीले बताईन।
    उक्त अग्नि सुरक्षा अभिमुखीकरण कार्यक्रममा वडा सदस्य एवं कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले अभिमुखीकरण सम्बन्धी जानकारी दिनुहुदै अग्नि सुरक्षा अभिमुखीकरण तालिममा वडा समिति कार्यालय वडा नं–१० बाट आर्थिक सहयोग उपलब्ध भएको र वडा नं १० का टोल टोलका घरमा १र१ वटा फोहर छुट्टाउने बाल्टिन वेष्ट मेनेजमेन्ट प्रा.लि. का प्रोपाईटर बिष्णु अधिकारीले सौजन्य गरेको बताउनु हुदै उक्त बाल्टीनमा प्लाष्टिक जन्य फोहर राख्नु पर्ने र हप्ताको १ पटक उठाउन आउने र फोहरलाई मोहरमा परिणत गरि फालिने प्लास्टिक जन्य फोहर बाट मोहर कमाउने र कुहिने फोहर बाट कम्पोस्ट मल बनाई तरकारि उत्पादन गर्ने र घरघरमा अग्नि सुरक्षा गर्ने यस तालिमको मुख्य उद्देश्य रहेको बताउनु भयो।
    उक्त अभिमुखीकरण कार्यक्रममा वडा नं १० का वडा सदस्य दिपक बहादुर थापा, वडा सदस्य निशा मल्ल ठकुरी, वडा सदस्य प्रतिभा बिक पोखरेल, भद्रकाली दिदि बहिनि समुहका अध्यक्ष अन्जना धिमिरे, संकल्प आमा समुह का अध्यक्ष गोमा रायमाझी, धन माया गुरु, नरदेबी गुरुङ, देउ माया गुरुङ, मधु आले, रि माया थापा , फूलमाया गुरुङ, लक्ष्मी माया के सी लगायतका आमा समुहका अध्यक्ष हरूले आ आफ्नो बिचार राख्नु हुदै वडा ले यस्ता अग्नि सुरक्षा तालिमबाट थोरै भए पनि आगलागीबाट आफु र आफ्नो परिवार लाई सुरक्षित राख्न सक्ने क्षमता बढाएको महसुस गर्दै वडा भित्रका करिब ५ हजार ब्यक्ति प्रतक्ष लाभान्वित भएको महसुस गरेका छन ।
    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीबाट समेत शाखाका उप निर्देशक खेमराज सापकोटा, जिल्ला शाखा कास्कीका एःन्च् इँँक्ष्ऋभ्च् देब नारायण पौडेल लगायतका ब्यक्तिहरूको निरीक्षणमा सम्पन्न अभिमुखीकरण तालिममा उपशाखाका कोषाध्यक्ष किरण प्रसाद भट्टचन, सह–सचिव कलाबती शर्मा, सह–कोषाध्यक्ष जमुना बराल, निर्मला श्रेष्ठ, लैगिक सामाजिक तथा समावेशीकरण समितिका लेखमाया पुन, जानूका अधिकारी, लक्ष्मी राजभण्डारी, दिल माया परियार र नलु गुरुङले उक्त अभिमुखीकरण तालिममा भोलिण्टिएर गर्नुभएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।