• काठमाडौंमा घरको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

    July 12, 2019     5:09 pm

    फाइल फोटो

    काठमाडौं असार २७ । शुक्रबार बिहानैदेखि परिरहेको अविरल वर्षापछि घरको पर्खाल भत्किँदा काठमाडौंको मुलानीमा ३ जनाको मृत्यु भएको छ । मृतक एकै परिवारका हुन् ।

    मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले एकै परिवारका सदस्यको पर्खालले पुरिँदा ज्यान गएको पुष्टि गरे ।

    यसैबीच कलंकीबाट एक जना बेपत्ता भएका छन् । बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा हाम्फालेका विनोद चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    वर्षाको कारण काठमाडौँको कलंकी क्षेत्र डुबानमा परेको छ । कलंकीको खसीबजार र आसपासका सयौं घरमा पानी पसेको छ भने व्यापारिक भवन समेत डुबेका छन् । रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।