• काठमाडौंको कलंकीमा एक जनालाई बाढीले बगायो

    July 12, 2019     4:58 pm


    काठमाडौं असार २७ ।

    यस वर्ष मनसून शुरू भएयताकै लामो समयसम्म जारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

    बिहीवारयता भइरहेको अविरल वर्षाका कारण तराईका भू-भाग र काठमाडौं उपत्यका डुबानको चपेटामा परेका छन् । काठमाडौंका कैयन भू-भाग जलमग्न बनेका छन्।

    वर्षाका कारण कलंकी मालपोत क्षेत्र डुबानमा परेको छ । मालपोत कार्यालय, प्रहरी चौकी लगायतका स्थान जलमग्न बनेका छन् ।

    यस क्रममा कलंकी स्थित खोलाले एक जनालाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

    ग्यास सिलिन्डर बगाएपछि त्यसलाई समाउन जाने क्रममा विनोद चौधरी नाम गरेका व्यक्त कलंकीबाट बेपत्ता भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटी जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।