• अविरल वर्षाको कारण देशभर कहाँ के–के भयो ?

    July 12, 2019     1:46 pm

    काठमाडौं असार २७ । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ ।

    नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् ।

    बिहान ७ बजेदेखि १०ः५० बजेसम्म कहाँ के भयो ?

    काभ्रेमा ३ जनाको मृत्यु

    बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले पुरिँदा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

    काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले पुरिँदा २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।

    यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको एसपी थापाले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।