• पोखरामा हेरिटेज अफ फेसन नेपाल हुने

    July 11, 2019     11:12 pm

    पोखरा २६, असार
    एएसएपी इन्टरटेनमेन्टको प्रस्तुततीमा आउदो साउनको १८ गते पोखरामा हेरिटेज अफ फेसन नेपाल हुने भएको छ । नेपालका विभिन्न जातजातिको पुख्र्यौली पहिरन देखि सांस्कृतिक सम्पदा झल्कने पहिरनका डिजाइन यस फेसन सोमा प्रर्दशन गरिने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।
    डिजाइनर देविना भट्टराईको बुद्ध वाज बर्न इन नेपाल, जानकी कडायतको निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज, तेजु मगरको नेपाल सौन्दर्य र सुपी रसाइलीको दरबार गरी चार सिक्वेन्समा फेसन सो हुने भएको एएसएपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए ।
    उक्त कार्यक्रममा स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, कर्पोरेट क्विन २०१९ शित्तल थापा, गायिका मिलन नेवार, प्राप्ती तुलाचनको समेत प्रस्तुती रहने भएको छ । गायक धिरज राई कार्यक्रममा सहभागि हुने भएकाछन्। नेपाल भ्रमण बर्ष २०२० र गण्डकी प्रदेशको आन्तरिक पर्यटन भ्रमण बर्ष २०१९ लाई फेसन सोले थप टेवा पुराउने अधिकारीले विश्वास लिएकाछन्। उनले भने “ यस्तो कार्यक्रमले नेपालको सम्पदाको समेत प्रबद्र्धनमा सहयोग पुग्छ, हामीले यसलाई नेपाल र अष्ट्रेलीयामा निरन्तर रुपमा गर्दै आएका र्छौं । ” एएसएपी इन्टरटेनमेन्टको स्थापना बर्ष सन् २०१६ देखि विभिन्न कार्यक्रम गर्दै आएको छ । एएसएपी इन्टरटेनमेन्टले डिएस डिजिटलसंगको सहकार्यमा अर्पण थापाको निर्देशनमा नेपाली चलचित्र घर निर्माण गरेको छ । बन्दीपुर केवलकारका अध्यक्ष रामचन्द्र शर्माले पोखराको पर्यटन प्रबद्र्धनमा यस्ता कार्यक्रम आवश्यक भएको बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।