• बेनेलीको नया बाइक पोखरामा

    July 11, 2019     10:54 pm

    इटालियन कम्पनी बेनेलीको नयाँ बाइक पोखरामा आइपुगेको छ । बेनेलीका लागि पोखराको आधिकारिक विक्रेता लोमस इन्टरप्राइजेजले युवा पुस्ताको मागलाई ध्यानमा राखी थप ३ वटा नया मोडलका बाइक पोखराको बजारमा इन्टरप्राइजेजका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले जानकारी दिए । नया आएको बाइकमा स्पोर्टी देखि अफ रोड टुरका लागि उपयुक्त हुने खालका रहेका छन् । ६ लाख ३० हजार देखि ८ लाख ५० हजार मुल्य सम्मका यि बाइकहरु नया पुस्ताका युवाहरुको रोजाइमा रहेको श्रेष्ठले बताए ।


    लेओन्सीनोे
    पोखराका लागि लेओन्सीनोे नया बाइक हो । २५० सिसि सिसी इन्जिन क्षमताको यो बाइकमा १२.५ लिटरको इन्धन ट्यांक छ । सिंगल सिलिन्डर इन्जिन, चार भल्भ टेक्नोलोजी, इन्धन इन्जेक्टर सहित ६ गियर स्पिड यसको मुख्य विशेषता हुन् ।
    यसका अलावा एलइडी हेडलाइट, उच्च स्तरीय सस्पेन्सन, उच्चतम गतिमा हुँदा पनि च्यासीस कन्ट्रोलको सुविधा यसमा रहेको छ । यसको एबिएसले आकस्मिक ब्रेकिङका कारण चालक लड्ने समस्या नआउने कम्पनीको दावी छ । सेतो, खैरो, रातो र खरानी रंगमा बजारमा ल्याएको लिओन्सिनोको बजार मुल्य ६ लाख ३० हजार रुपैयाँमा रहेको शोरुमले जनाएको छ ।


    ३०२ एस
    ८ लाख ५० हजार रुपैयाँ पर्ने बेनेलीको ३०२ एस ३०० सिसी इन्जिन क्षमता रहेको छ । यो स्पोर्टस बाइक हो । शहरी पुस्ता लक्षित यो बाइक हरियो, रातो र कालो गरी मिश्रित रंगमा उपलब्ध छ । १६ लिटरको इन्धन ट्यांक रहेका यसमा ट्वीन लिक्वीड कुल्ड इन्जिन जडित छ ।
    ६ गियर सिस्टम रहेको यसको १६५ मिमि ग्राउण्ड क्लियरेन्स छ । यसमा हेडलाइट र स्पिडमिटरमा परिवर्तन गरि आएको छ । हेडलाइट एलइडी तथा स्पिडमिटर एलसिडी जडान गरिएको छ ।

    टिआरके २५१
    जस्तोसुकै बाटोमा पनि सहजताका साथ गुड्न सक्ने यो बाइक विशेषत अफरोड टुरको लागि उपयुक्त छ । १७ लिटरको इन्धन ट्यांक, फराकिलो ह्याण्डल सहितका विशेषताले लामो दुरीको यात्राका लागि आरामदायी गराउनुका साथै उच्चस्तरीय सस्पेन्सनले कच्ची र पक्की दुबैखाले बाटोमा आरामदायी यात्रा गर्न सजिलो हुन्छ । यो बाइक सेतो, रातो र कालो रंगमा उपलब्ध छ। इन्जिन क्षमता २५० सिसीको छ ।
    स्टिल ट्युब फ्रेमको प्रयोग गरेर बाइकको वजन हलुका र ब्यालेन्समा राख्न कम्पनी सफल भएको छ । ६ गियरको स्पिडको यो बाइक सिंगल सिलिन्डर इन्जिन हो । चार भल्भ टेक्नोलोजी, २ सय एमएम ग्राउण्ड क्लियरेन्स यसको अर्को विशेषता हो । नेपाली बजारमा यसको मूल्य नेपालमा ६ लाख ३० हजार रुपैयाँ रहेको लोमस इन्टरप्राइजेजका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।