काठमाडौं असार २५ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले नाराबाजी गरेको छ । बैठक सुरु भएसँगै उनीहरुले नाराबाजी गरेका हुन् ।
बैठक सुरु हुनेवित्तिकै सिटबाट कांग्रेस र राजपा सांसद उठे पनि सभामुख कृष्णबहादुर महराले बोल्न समय दिएनन् । उनले माननीय सदस्यहरुले आफ्नो कुरा हिजो नै राख्नुभयो भन्दै बोल्न समय दिएनन् ।
उनले समय नदिई बैठक अगाडि बढाएपछि कांग्रेस र राजपा सांसदहरु संसदको बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । नाराबाजीकै बीच सभामुख कृष्णबहादर महराले बैठक सञ्चालन गरेका छन् । राष्ट्रियसभाबाट असार ३० गतेसम्मका लागि स्थगति गरेका छन् ।अनलाइनखबर