• बर्खे झरी सुरु, बाढी पहिरोको जोखिम सतर्क रहन आग्रह

    July 10, 2019     12:33 pm

    काठमाडौं असार २५ । बर्खे झरी सुरु भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा लगातार पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् राजु प्रधानाङगका अनुसार बुधबार बिहान मध्य र पूर्वका धेरै तथा पश्चिमको थोरै ठाउँमा पानी परिरहेको छ । दिउँसोपछि पश्चिमको पनि धेरै ठाउँमा पनि पानी पर्ने उहाँको अनुमान छ ।

    ‘बुधबार दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।’ एकैछिन पानी पर्न रोकिए पनि फेरि वर्षा हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।

    बर्खे झरी सुरु भएसँगै बाढी र पहिरोको जोखिम पनि बढेको छ । बिहीबार प्रदेश १, २, ३ र गण्डकी प्रदेशका नदीमा बाढी आउने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन तथा यस अघि पहिरो गइरहने ठाउँका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखाका बाढीविज्ञ बिनोद पराजुलीका अनुसार कन्काई, कोशी, कमला, बागमती नदीमा बाढी आउने सम्भावना देखिएको छ । यस्तै, मेची, निन्दा, विरिङ, खाँडो, रातु, गागन, लालबकैया, त्रियुगा, पूर्व राप्ती तथा बुढीखोला, पथरी, सुनसरी खोलामा बाढी आउन सक्ने सम्भावना छ ।

    महाशाखाले बाढीको जोखिम रहेका ठाउँका स्थानीयलाई सुरक्षित ठाउँमा जान आग्रह गर्दै मोबाइलमा सन्देश पठाउने गरेको छ । त्यस्ता सन्देश मोबाइलमा आए तत्काल सुरक्षित ठाउँमा जान महाशाखाका बाढीविज्ञ पराजुलीले आग्रह गर्नुभयो । उहाँले नदी किनार तथा खोला आसपासमा बसोबास गर्नेहरु सतर्क रहन पनि आग्रह गर्नुभएको छ ।उज्यालो

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।